Friday, September 3, 2021

सर्लाहीमा डेढ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १८

    विभिन्न चरणमा गरि  सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको  खोप लगाइसकेको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

     गत माघ मसान्तदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा जिल्लाको २० वटै पालिकाका १ लाख ६८ हजार जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए । प्रमुख झा का अनुसार खोप लगाएकामध्ये १ लाख १६ हजार जनाले विभिन्न चरणमा चलाइएको खोप अभियानमा पहिलो र दोश्रो दुबै डोज खोप लगाईसकेको र   ४८ हजार जनाले  अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाउँदा पुग्छ ।

    त्यस्तै चिनियाँ खोप भेरोसेल दिनका लागि दुई चरण गरी चलाईएको खोप अभियानमा पहिलो चरणमा जिल्लाका ११ हजार सात सय जना र दोश्रो चरणमा ५१ हजार जनाले खोप लगाएको झाले जानकारी दिए ।

No comments:

Post a Comment