Wednesday, September 29, 2021

वनको काठ चोर्न लगाउने वडाध्यक्षले पत्रकार गणेश साह माथि हातपात गरे

 

  ---प्रहरीले हालसम्म  पक्राउ परेका काठ कारबाहीको लागि बनलाई बुझाएन---


लोकतन्त्र समाचारदाता---

सिरहा,असोज १३ 

    वनको काठ चोर्न लगाएर तश्करी गर्न लगाउने सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न- ९ का वडाध्यक्ष रामपुकार कामतीले पत्रकार गणेश साहमाथि हातपात गरेका छन् ।

    नेपाल पत्रकार महासंघ सिरहाका उपसभापति समेत रहेका पत्रकार साहमाथि वडाध्यक्ष कामतीले ईलाका प्रहरी कार्यालय मिर्चैयामै हातपात गरेका हुन् । पत्रकार साहले काठ र जेसिबीसहित पक्राउ परेका चालकमाथि कारबाही गर्न प्रहरीलाई अनुरोध गरेपछि वडाध्यक्ष कामतीले आफूमाथि हातपात गरेको बताएका छन् । गत सोमबार राति वनबाट सालको काठ चोरी गर्दागर्दै ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाएको थियो । तर प्रहरीले भने ती काठहरु हालसम्म कारबाहीका लागि वन कार्यालयमा बुझाएको छैन ।

प्रहरीको नियन्त्रणमा रहेको जेसिबी गोलबजार नगरपालिकाको रहेको छ ।

    काठसहित पक्राउ परेका जेसिबीका चालकले वडाध्यक्ष कामतीको निर्देशनमा आफुले काठ चोर्न लागेको बयान दिएका छन् ।

    उता गोलबजारका मेयर र आरोपी वडाध्यक्ष कामती जेसिबी र चालकलाई छाड्न प्रहरीलाई दबाब दिदैं आएको स्रोतको दावी छ ।

No comments:

Post a Comment