Monday, September 27, 2021

सेवाग्राहीको कामामा हस्तक्षेप गर्ने र घुस लिने कर्मचारी तथा विचौलिया उपर हदैसम्मको कानुनी कार्यवाही गर्छौ: सर्लाहीका प्रजिअ राम कुमार महतो

 

   





मनोज यादव---

सर्लाही ,असोज ११

    जिल्ला प्रशासन कार्यालय सर्लाहीमा  नागरिकता तथा राहदानी लिन आउने सेवाग्राहीहरुको भीड बढेको छ ।सेवाग्राहीहरुको चापले गर्दा  काम गर्न हम्मेहम्मे परेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

   प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले कोरोना महामारीका जिल्लामा लगाइएको निशेधाज्ञाका कारण लामो समयसम्म कार्यालयको काम ठप्प भएकाले अहिले सेवा लिनेको भिड एक्कासि बढेको बताउनुभयो ।एस.इ.इ को रिजल्ट आइसककोले  उच्च शिक्षा हासिल गर्नको लागि नेपाली नागरिकताको आवश्यक पर्ने भएकोले पनि भिड बढेको उहाँले बताउनुभयो ।नागरिकताको साथसाथै कार्यालयबाट प्रदान गरिने अन्य सेवाको लागि पनि सेवाग्राहीहरु आउने गरेकाले पनि भिड बढेको प्रजिअ महतले बताए। जिल्लामा अहिले राष्ट्रिय परिचयपत्र बनाउने अभियान चलिरहेको छ ।उक्त परिचयपत्र लिनको लागि नागरिक अनिवार्य रुपमा चाहिने भएकोले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकतामा बुझ्ने गरि स्पष्ट रुपमा विवरण उल्लेख भएको हुनुपर्छ ।तर कतिपय नागरिकको नागरिकता हराइसकेको, च्यातिएको , अक्षरहरु मेटिसकेको रहेकाले प्रतिलिपी बनाउन आउने सेवाग्राहीहरुको संख्या  पनि एक्कासि बढेकोले कार्यालयमा  भिड तथा चाप बढेको उहाँले बताउनुभयो ।यसैबीच निर्वाचन आयोगले यतिबेला चलाइरहेको मतदाता परिचयपत्र अभियानमा मतदाता परिचयपत्रका लागि नागरिकताको आवश्यक्ता परेकोले गर्दा पनि भिड बढेको उहाँले बताउनुभयो ।ती सबै कामहरु एकैसाथ चलिरहेकोले नागरिकता परिचयपत्र लिन आउनेहरुको भिड बढेको प्रजिअ महतोले स्पष्ट पार्नुभयो ।उनले सेवाग्राहीको चप कम गर्न कार्यालयको समय बाहेक अतिरिक्त समयमा पनि काम गरिरहेको बताए ।आफुहरु सेवाग्राहीलाई नागरिकता दिएरै पठाउने प्रयासमा लागेका छौ, उनके भने ।

   प्रजिअ महतोका अनुसार जिल्ला प्रशासन कार्यालयले २०७६ र २०७७ सालको तुलनामा  २०७८ सालमा सबैभन्दा बढी नयाँ  नागरिकता र प्रतिलिपी वितरण गरेको छ । 

    कार्यालय परिसरमा आइसकेका सेवाग्राहीलाई खालीहात नफर्काउने प्रयासमा आफुहरु लागिपरेको र सो अनुसार कामपनि गरिरहेको प्रजिअ महतोले भने ।यसअघि नागरिकता लिनका लागि ३/४ दिनसम्म धाउनुपर्ने अवस्था रहेकोमा अहिले सबै प्रक्रिया पूरा गरि आउने सेवाग्राहीलाई  एकैदिनमा नागरिकता परिचयपत्र दिएर पठाउने गरेको उनले बताए ।प्रतिलिपीका लागि आवेदन दिएका केही सेवाग्राहीको अभिलेख नभेटिएकाले पेन्डिंगमा परेकोले यसलाई छिट्टै व्यवस्थापन गर्ने  उहाँले बताउनुभयो ।


      सेवा लिन आउँदा कुनै किसिमको असन्तुष्टी भए,गुनासो भए, रकम लनदेन र विचौलियाहरुको हस्तक्षेप भएको अवस्थामा सेवाग्राहीले सिधै आफुसँग सम्पर्क गरेर सोको जानकारी गराउन सक्ने प्रजिअ महतोले बताउनुभयो ।त्यस्ता ब्यक्तिलाई शून्य सहनशीलताका साथ हदैसम्मको कार्यवाही गरिने उहाँले जानकारी गराउनुभयो ।

     


No comments:

Post a Comment