Thursday, September 16, 2021

ठगी तथा बन मुद्दामा फरार रहेका तीनजना प्रतिवादीहरु पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ ३१

    ठगी तथा बन मुद्दाका ३ जना फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीको विभिन्न स्थानबाट बुधबार  पक्राउ गरेको छ ।

   पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-८ रामपुर टोल बस्ने रिपु मर्दन कार्कीको छोरा ५५ वर्षीय चेत बहादुर कार्की ,सोही ठाउँ बस्ने तिर्थ बहादुर थापाका छोरा वर्ष ३४ को बलराम थापा र सोही नगरपालिकाको बयलबास बस्ने फरमान अन्सारीको छोरा वर्ष ३४ को मझर अंसारी रहेका छन् ।

       जिल्ला अदालत सर्लाहीले तीनैजना उपर कैद र जरिवानाको सजाय सुनाएको थियो ।

     जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलासको गर्ने क्रममा  तीनैजनालाई जिल्लाको विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा बुधबार नियन्त्रणमा लिएर जिल्ला अदालत मलंगवामा उपस्थित गराएको थियो ।

    अदालतले पक्राउ पर्न मध्येका कार्की उपर ४ वटा,थापा उपर २ वटा ठगी र असारी उपर बन मुद्दामा सजाय सुनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जनाएको छ ।

No comments:

Post a Comment