Thursday, September 16, 2021

आकेष्ट्रामा रोक, अवज्ञा गरे कलाकारलाई नियन्त्रणमा लिन निर्देशन

 





महोत्तरीमा विगत केही दिनदेखिको विभिन्न पूजामा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाच कै क्रममा कुटपिट र झैंझगडा हुनेलगायतका आपराधिक घटनाहरु भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएको छ।

कार्यालयका एसपी दिनेश आचार्यले उनले आफ्नो मातहतमा सर्कुलर जारी गर्दै आआफ्नो क्षेत्रमा कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका छन्। साथै कार्यक्रम रोकने नमाने आयोजक र कलाकार समेतलाई नियन्त्रणमा लिन भनेका छन्।

दोहोरो अर्थ लाग्ने अश्लिल नृत्य र गीतहरुले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागु औषध सेवन गर्ने क्रम बढेपछि उनले त्यस्ता कार्यक्रममा रोक लगाएको बताए।

सुरुमा साँस्कृतिक कार्यक्रम भनिए पनि ति कार्यक्रमहरु मध्ये अधिकांश साँस्कृतिक नभई संस्कृति र समाज विगार्ने खालका हुने गरेकोले त्यस्ता कार्यक्रम रोक्नुको विकल्प नरहेको एसपी आचार्यले बताए ।

महोत्तरीका विभिन्न स्थानमा पछिल्लो समय बढेको चोरीका घटनाहरुमा समेत यस्तै कार्यक्रमबाट फर्कने वा हेर्न जाने लागु औषध सेवनकर्ता युवाको संलग्नता रहेको भेटिएको पनि उनले बताए।

पछिल्लो समय मटिहानीमा यस्तै कार्यक्रम हुँदा केही युवाहरु कुटिएका थिए भने सोपछि नेपालको सिमासँगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कँदै गरेका केही युवामाथी सांघातिक हमला भएको थियो।

भारतकै भुमिमा आर्केस्ट्रा कार्यक्रम रोक्न सक्ने नभएपनि आफ्नोतर्फ भने आपत्तिजनक नाचगान रोक्न प्रयास भएको एसपी आचार्यको भनइ छ।

गाउँ समाज बिगार्ने तथा दुर्घटना र अपराध बढाउने यस्ता कार्यक्रमले मनोरञ्जनको ठाउँमा अश्लिलता पस्कने गरेका छन्।

No comments:

Post a Comment