Wednesday, September 22, 2021

ठुलो परिमाणमा घरभित्र लुकाएर राखेको लागुऔषध गाँजा सहित एकजना पक्राउ




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ६

     प्रहरीले मंगलबार सर्लाहीको हरिवनबाट साढे १२ किलो लागुऔषध गाँजासहित एक ब्यक्तिलाई पक्राउ गरेको छ।

   हरिवन नगरपालिका वडा न-१० ब्रह्मटोल बस्ने कुल दास घिसिङको घरमा लुकाएर राखिएको अवस्थामा प्रहरीले  गाँजा बरामद गरेको हो। घरमा गाँजा लुकाएर राखिएको छ भन्ने प्राप्त सूचनाको आधारमा खटि गएका प्रहरी टोली घिसिङको घरमा खानतलासी गर्दा राती करिब पौने ८ बजेको समयमा प्लास्टिकको बोरा भित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त  परिमाणको लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरीले जनाएको छ ।

      घिसिङलाई गाँजासहित नियन्त्रणमा लिइ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता प्रनी गिरीले जानकारी दिएको छ ।

 


No comments:

Post a Comment