Sunday, September 19, 2021

मलंगवामा आठौं राष्ट्रिय परिवार योजना दिवस २०७८ मनाइयो

 




लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज ३

    सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा आठौं राष्ट्रिय  परिवार योजना  दिवस मनाइएको छ ।"कोभिड-१९ को महामारी ,परिवार योजना सेवामा सबैको पहुँच बराबरी" भन्ने नराका साथ यो दिवस मनाइएको हो ।नेपाल परिवार नियोजन संघ सर्लाही  तथा महिला शसक्तिकरण अभियान जनकपुरको आयोजनामा मलंगवा नगरपालिकाले  दिवस मनाएका हुन। 

    मलंगवा नगरपालिकाका मेयर निरसल साह र नेपाल परिवार नियोजन  संघका प्रदेश न-२ संयोजक मुकेश कुमार जयसवालको अध्यक्षतामा सरोकारवालाहरु बिच छुट्टाछुट्टै अन्तरक्रियाको आयोजना गरि  १८ सेप्टेम्बर अर्थात् असोज २ गते सनिवार आठौं राष्ट्रिय  परिवार योजना  दिवस मनाएको हो ।

    संघले आफ्नै कार्यालयमा आयोजना गरेको कार्यक्रममा बरिस्ट परिवार नियोजन अधिकृत बालकृष्ण श्रेष्ठले जिल्लामा परिवार नियोजनको अवस्था र प्रगतिको बारेमा जानकारी गराएका थिए ।सर्लाहीमा अहिले फेला परेका ३७६ जना  एचआईभी पि प्लस का बिरामीहरुले नियमितरूपमा जिल्ला अस्पताल मलंगवाबाट एआरटी औषधिको सेवन गर्दै आएको उहाँले जानकारी गराउनुभयो। 

   यस्तै नगरपालिकाले आयोजना गरेको कार्यक्रममा पनि मलंगवा नगरपालिका क्षेत्रमा  परिवार नियोजनको उदेश्य ,अवस्था तथा आगामी दिनको योजनाको बारेमा जानकारी गराएको मलंगवा नगरपालिकाका योजना अधिकृत एवं प्रवक्ता  राजकुमार अधिकारीले जानकारी दिए ।

    आयोजित दुवै कार्यक्रममा मलंगवा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक अभिराम झासहित सरोकारवाला संघसंस्थाका प्रतिनिधि ,स्वास्थ्य स्वंसेविका, परिवार नियोजनको क्षेत्रमा काम गर्ने महिला-पुरुष ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।



No comments:

Post a Comment