Tuesday, September 14, 2021

राष्ट्रिय बाल दिवसको अवसरमा नेविसंघद्वारा मलंगवाका सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण





लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २९

     ५७ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर नेविसंघ नगर समिति मलंगवाले नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

    “समृद्ध राष्ट्रको मुल आधार ,सुरक्षा र मुस्कान सहितको बाल अधिकार ” भन्ने मूल नाराका साथ मनाइएको यसवर्षको राष्ट्रिय बाल दिवसकै अवसरमा संघले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कोरोना भाइरस  कोभिड-१९ को संक्रमणबाट आफु र अरुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा  विद्यार्थीहरुमा जनचेतना जगाउनुका साथै माक्स पनि वितरण गरेका छन्। सोही अवसरमा बोल्दै नेविसंघका नगर सभापति ओम रंजन कर्णले बालबालिका देशको मेरुदण्ड रहेको उल्लेख गर्दै आजको कलिलो बालबालिका  भोलीका कर्णधार रहेकोले विद्यालय जानबाट बन्चित रहेका बालबालिकालाई बालश्रम ,बाल दुर्ववहार ,बालविवाह तथा विभिन्न अपराधबाट बचाउन अनिवार्य रुपमा विद्यालय पठाउनुपर्ने बताए ।यसकालागि युवा ,समाजसेवी ,बुद्धिजीवी सबै मिलेर लाग्नुपर्ने कर्णले भने ।

   शैक्षिक सामाग्री वितरण तथा अन्तरक्रिया कार्यक्रममा संघका सदस्य तथा सम्बन्धित विद्यालयका शिक्षक तथा  विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment