Thursday, September 9, 2021

महामानव स्व.विपी कोइरालाको १०८ औं जन्म जयन्तीको अवसरमा दिप प्रज्वलन

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २४ 

     महामानव स्व. विपि कोइरालाको १०८ औं जन्म जयन्तीको अवसरमा  दिप प्रज्वलन गरिएको छ ।नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ सर्लाहीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा  आज(बिहीबार)साँझ मलंगवा नगरपालिका वडा न-४ स्थित सर्लाही क्याम्पस अगाडी  दिप प्रज्वलन गरेको हो ।

      नेविसंघ सर्लाहीका युवा नेता कैमुल मिकरानीको नेतृत्व तथा नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य कृष्णनन्दन रायको  प्रमुख आतिथ्यता दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा नेविसंघ सर्लाहीका धिरज यादव,नेविसंघ मलंगवा नगरपालिका समितिका सभापति ओम रंजन कर्ण लगायत विद्यार्थी नेताहरुको  सहभागीता रहेको थियो ।

   कार्यक्रमको संचालन नेविसंघ ब्रह्मपुरी गाउँपालिकाका नेता मनोज यादवले गरेका थिए ।

No comments:

Post a Comment