Sunday, September 5, 2021

नेपाल उत्पिडित जातिय मुक्ति समाजको जिल्ला भेलाबाट २५ सदस्यीय जिल्ला कमिटी गठन




लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ २०

      नेपाल उत्पिडित जातिय मुक्ति समाज सर्लाहीको सनिवार सम्पन्न  जिल्ला भेलाले  बिल्टु पासवानको अध्यक्षतामा २५ सदस्य जिल्ला कमिटी चयन गरेको छ ।

समाजका  केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज रामनरेस मण्डलको अध्यक्षता तथा  नेकपा एमालेका केन्द्रीय सदस्य सह-ईन्चार्ज तथा पूर्व मन्त्री बद्री नयोपानेको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

    चित्र बहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा विशिष्ट  अतिथि  नेकपा एमाले केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला अध्यक्ष  राजनारायण साह, केन्द्रीय सदस्य हरि उप्रेती ,नेपाल उत्पिडित  जातिय मुक्ति समाजका केन्द्रीय सदस्य तथा प्रदेश नं २ का अध्यक्ष गोविन्द पासवानको,  केन्द्रीय सदस्य तथा प्रदेश नं २ का  उपाध्यक्ष पार्वती विश्वकर्मा,केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला  सह-ईन्चार्ज  चित्र बहादुर विश्वकर्मा,केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्मा,रामचन्द्र राम , नेकपा नेता जयप्रकाश यादव , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष  राजेश पासवान लगायत प्रदेश नं २ कमिटीका कतिपय  सदस्यहरुको उपस्थिती  रहेको कार्यक्रमका संचालक विश्वकर्माले जानकारी दिए ।

    कार्यक्रम सदरमुकाम मलंगवा स्थित  जिल्ला समन्वय समितिको सभाहलमा  सम्पन्न भएको हो  ।

No comments:

Post a Comment