Thursday, September 2, 2021

हरिपुर नगरपालिकाका २४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गराए




लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ १७

   नेकपा एमालेबाट निर्वाचित  सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना  जनप्रतिनिधिले नेकपा एकीकृत समाजबादी पार्टी रोजेका छन । 

      नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले सहित २४ जनाले आज जिल्ला निर्बाचन कार्यालय मंलंगबामा गएर सनाखद गर्नु भएको हो । 

      नगरप्रमुख मंसुरले आज  ४ जना निर्बाचित अध्यक्ष, एक कार्यपालिका सदस्य सहित २४ जनाले समाजबादी पार्टी रोजेको बताउनु भयो ।

    आज आउन नसकेका अन्य केही जनप्रतिनिधि पनि २२ गतेसम्म आएर सनाखद गर्ने उहाले बताउनु भयो । उहाले कतिपयको आज काम परेर न आउनु भएको तर सबै जसो जनप्रतिनिधिले समाजबादी पार्टी रोज्ने दाबी गर्नुभयो । हरिपुरमा एमालेबाट निर्बाचित ३५ जना जनप्रतिनिधि छन ।

   नेकपा एमालेबाट बिद्रोह गरि अलग भएको नेकपा एकीकृत समाजबादी पार्टी रोज्ने जनप्रतिनिधिको लागी भदौ २२ गतेसम्मको समय निर्बाचन आयोगले प्रदान गरेको छ ।

No comments:

Post a Comment