Tuesday, September 7, 2021

कोरोनाको सन्त्रास बिच भाइरल फिवरकाे प्रकोप लगातार बढ्दै ,घरैपिच्छे बिरामी

 




अजिता चौधरी -----

सर्लाही ,भदौ २१

       सर्लाही  जिल्लाकाे सदरमुकाम मलंगवा नगरपालिका लगायत ग्रामिण भेगमा भाईरल फिवरको प्रकोप  ह्वातै बढेकाे छ ।कोरोना कै सन्त्रासको बिचमा मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् ।

     यहाँका स्वास्थ्य केन्द्रहरुमा माैसम परिवर्तन भए सँगै दैनिक जसो भाइरल फिबरका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।   एक हप्ता यता यस्ता बिरामीको संख्या एकएक बढेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् । अहिलो ८० प्रतिशत बिरामीहरु भाइरल फिबरकै उपचार गराउन आउने गरेको चिकित्सकहरुले बताएका छन् ।

      शुरुमा बिरामीमा सामान्य लक्षण देखा परेपनि  रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने,शरीर कमजाेर हुने ,खाना खान रुचि नहुने ,खाेंकी लाग्ने लगायतका लक्षण देखापर्ने गरेको मलंगवाका नगरपालिका -१२ का एक निजी क्लिनिकका चिकित्सक राम विनय रायले बताए ।अहिले घर घरमा भाइरल फिवर अाएका कारण घर परिवारका सदस्यहरुमा चिन्ता बढेको छ।जिल्लाका सबैजसो सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु भाइरल रोगकै बिरामीले बढेका छन् ।

   यहाँका अस्पतालहरुमा दैनिक जसो सबैभन्दा बढी भाइरल फिबरकै बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

No comments:

Post a Comment