मेरो पनि रहर बुझिदेउ न आमा !!!
सुवास कर्ण/मलंगवा-----
हे मेरि आमा जन्म है दियौ ,के भैंसी चराउन लाई
आफ्नो पनि मन पढने नै थियो,किन हसिया दियौ घाँस काटन लाई
साथी सङिनी स्कुल जान्छ्न ,के म जन्मे चौरमा जान लाई
साथी झोला बोकि घर फर्किन्छ्न ,के म जन्मे बोरा मा घाँस बोक्न लाई
मेरो पनि रहर बुझिदेउ न आमा ,पढन पठाउ न मलाइ
म पनि पढेर राम्रो बन्छु ,साकार गर्छु मेरो सपना लाई
छोरी भनेर न हेप आमा ,किन देउ न कापीकलम पढनलाइ
बालपन बित्यो गाई भैंसी चराउदै,रहर थियो झोला बोकि पढनलाइ
रहर मेरो अधुरै रहयो ,बोझ बनाइ दियो यो जीवन लाई
पढने उमेरमै बिहे गर्यो ,बुझ्न सकिन बालपनलाइ
अब त आमा जाग तिमी सम्झाइ देउ न बाबा लाइ
म पनि छोरा नै हु बाबा ,न सम्झ बोझ भनी छोरी लाई
No comments:
Post a Comment