Wednesday, September 8, 2021

दलित अधिकारकर्मी पासवानलाई मातृशोक




लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ २३

        नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,सर्लाहीका अध्यक्ष तथा दलित अधिकारकर्मी राजेश पासवानलाई मातृशोक परेको छ ।

    उनकी आमा मोहरदेवी पासवानको ७१ बर्षको उमेरमा सोमबार दिउँसो भरतपुर(चितवन) स्थित नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।उनको उक्त अस्पतालको आइसियु कक्षमा राखेर मुटु रोगको उपचार भइरहेको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

    २ छोरा,२ छोरी ,२ बुहारी र ५ जना नातिनातिना रहेको सर्लाही कविलासी नगरपालिका वडा न-८ निवासी मोहरदेवीको जेठो छोरा चितवन जिल्लाको भरतपुरमा व्यवसाय संचालन गरेर बसेका छन् भने कान्छो छोरा राजेश पासवान गृह जिल्लामै रहेर विगत दुई दशकदेखि दलित अधिकार तथा सामाजिक न्याय र रुपान्तरणको लागि क्रियाशील रहदै आएका छन् । साथै उहाँ अध्यापन पेसामा समेत संलग्न हुनुहुन्छ ।पासवान समाजशास्त्रमा स्नातकोत्तर उतिर्ण गरिसक्नु भएको छ भने  कानुन विषयमा समेत स्नातक गरिरहनुभएको छ ।

     पासवानकी आमा मोहरदेवीको मंगलबार सर्लाही स्थित  बागमती खोलामा हिन्दु रितिरिवाज अनुसार दाहसंस्कार गरिएको कल्याण संघका कार्यक्रम अधिकृत एवं उहाँका सहकर्मी  गोविन्द पासवानले जानकारी दिएको छ ।

No comments:

Post a Comment