Sunday, September 5, 2021

कोरोना महामारी पिडित २० दलित अपांगता परिवारले राहत पाए

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ २०

     दोस्रो चरणको कोरोना भाइरस  (कोभिड-१९)  महामारीबाट पिडित भएका सर्लाहीका २०  सीमान्तकृत आदिवासी दलित तथा  मधेसी अपंगता भएका व्यक्तिहरुलाई राहत सामाग्री वितरण गरिएको  छ ।

       राष्ट्रिय  आदिवासी जनजाती ,अपाङ्ग महिला संघ नेपाल (निडवान) को आयोजना तथा नेपाल अपाङ्ग संघ सर्लाहीको संयोजनमा जिल्लाका विभिन्न पालिकालाका २० जना अपंगता परिवारलाई राहत वितरण गरिएको हो ।

मलंगवा स्थित जिल्ला समन्वय समितिकोको प्राङ्गणमा भएको कार्यक्रममा जिल्लाका २० जना अपंगता परिवारलाई  जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले  राहत सामाग्री वितरण  गर्नुभएको आयोजकले जनाएको छ ।

    नेपाल अपाङ्ग संघ सर्लाहीका अध्यक्ष बिरेन्द्र रायको नेतृत्वमा २५ केजी चामल ,१ केजी दाल, १ लिटर खाने  तेल,१ किलो नुन,१ केजी सयोयाबिन,५ केजी पिठो,१ केजी चिउरा   लगायतका खाध सामाग्री वितरण गरिएको छ ।

No comments:

Post a Comment