Wednesday, September 29, 2021

दलित तथा विपन्न बालबालिकालाई शैक्षिक समाग्री वितरण

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज १३

     सर्लाहीको रामनगर गाउँपालिका वडा न-२ को एक सामाजिक संस्था  बाल कल्याण समाजले सदरमुकाम   मलंगवा नगरपालिका वडा न-१ भेडियाही स्थित श्री जनता प्राथमिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा कमजोर  दलित तथा विपन्न समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। 

   बुधबार मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बिच उक्त विद्यालयमा अध्यनरत १९ जना आर्थिक रुपमे कमजोर दलित तथा विपन्न समुदायका बालबालिकालाई   कापी , पेन्सिल, औजार बक्स , कलर,पिक्चर डिक्सनरी किताब लगायतका शैक्षिक सामाग्री वितरण गरेको आयोजक संस्थाका अध्यक्ष सुन्दर श्याम रायले बताए । आर्थिक अवस्था कमजोर भएका  कारण विद्यालय जानबाट बन्चित हुनुपरेका तथा  शैक्षिक सामाग्री खरिद गर्न सक्ने हैसियत नभएका विपन्न तथा दलित समुदायका बालबालिकाहरुको पहिचान गरि शैक्षिक समाग्री वितरण गरेको कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका आयोजक संस्थाका अध्यक्ष रायले बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर साहले  शिक्षामा पहुँच तथा विद्यालय टिकाउनको लागि , विद्यालय जानबाट बन्चित हुन नदिनको लागि , बालबालिकालाई प्रोत्साहन स्वरुप  शैक्षिक सामाग्री उपलब्ध गराएर   बाल कल्याण कल्याण समाज रामनगर मार्फत वितरण गराएका समाजसेवी एवं साह निर्माण सेवाका संचालक चन्दन साह

            दाता- चन्दन साह


ले समाजको लागि उदाहरणीय काम गरेको भन्दै  दाता र आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

     शैक्षिक सामाग्री वितरण गरेर त्यस्ता समुदायका बालबालिकाहरुलाई  केही हदसम्म विद्यालय जान प्रोत्साहन गरेको मेयर साहले भने ।

    यसै अवसरमा आयोजक संस्थाले शैक्षिक सामाग्री उपलब्ध गराएर सहयोग गरेका दाता साहलाई मधेसको सान गम्छा ओढाएर  कदरपत्रको साथ  सम्मान गरेका थिए ।

    कार्यक्रममा मलंगवा नपा-१ भेडियाहीका वडाध्यक्ष राज किशोर यादव,NNDSWO का अध्यक्ष राजेश पासवान ,ओरेक नेपालकी दुर्गा थापा,प्रेरणाका कृष्णकान्त मल्किक,विद्यालयका शिक्षक राम विश्वास यादव,मनिष हजारी,अभिषेक साह,मन्दित यादव, नन्दकिशोर राय,राम विश्वास साह, अभिभावक   स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको कार्यक्रमका संचालक मानवअधिकारकर्मी एवं संस्थाका सल्लाहकार  मुकेश मिश्रले जनाएको छ।

 

No comments:

Post a Comment