Friday, September 10, 2021

सर्लाहीसहित मिथिलाका नारीहरुले शुक्रवार श्रद्धापुर्वक चौरचन पर्व मनाए

 



   ----आजै गणेश पुजा पनि मनाइँदै----

लोकतन्त्र समाचारदाता---

सर्लाही ,भदौ २५

       कोरोना भसइरस(कोभिड-१९ )को सन्त्रास बीच तराई मधेसको जिल्ला सर्लाहीसहित मिथिला क्षेत्रका नारीहरुले  आज(शुक्रवार)श्रद्धापुर्वक चौरचन पर्व मनाएका छन्  ।मिथिलाञ्चलमा चन्द्रमाको पूजाआराधना गरेर यो पर्व मानिने गरिन्छ ।   

   चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी,पिरुकीया र खिर, माटोको भाँडामा जमाइएको दही, पाकेको केरासहित अन्य विभिन्न किसिमका  फलफूल र वस्त्रआभूषण चढाइन्छ ।पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ प्रसादले चन्द्रमालाई दर्शन(अर्घ) दिएर यो पर्वको समापन गर्छन् । ब्रतालुले एक दिन अगाडी नै ब्रतको संकल्प  गरेर चोखोनितो भएर  सात्विक भोजन गर्ने परम्परा छ ।

     भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगनको बिच अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गरेर  घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई अर्घ दिएर ब्रतको समापन गर्ने परम्परा छ । खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार केरा तथा  मौसमअनुसारका फलफूलहरु चन्द्रमालाई देखाएर घरका सदस्य ,आफन्त तथा  इष्टमित्रलाई  चतुष्कोण वेदीस्थलमा  बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ । 

    आजै गणेश पुजा पनि मनाइएको छ ।गणेश पुजाको अवसर पारेर सर्लाहीका विभिन्न ठाउँमा मेला समेत लागाइएका छन् ।

     मिथिलाबासीहरु कोरोनाको सन्त्रासका बाबजुद पनि आफ्ना परम्परागत चाडपर्वहरु मनाउँदै आएका छन् । 


No comments:

Post a Comment