Wednesday, September 8, 2021

सर्लाहीमा नेकपा (एस)मा ४८ र लोसपामा १३७ जना जनप्रतिनिधिले सनाखत गराए

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,भदौ २३

     प्रदेश न-२ को सर्लाही जिल्लामा नेकपा (एस)मा ४८ तथा लोसपा मा १३७ जना  स्थानीय तहका जनप्रतिनिधिहरुले सनातन गराएका छन् ।

    प्रदेश न-२ का ८ वटै जिल्लाबाट नेकपा (एकीकृत समाजवादी )मा ३१४  र लोसपा ८६५ स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गरेका हुन । यो सँगै नेकपा (एकीकृत समाजवादी ) र लोसपामा गरि जम्मा ११७९ जनाको सनाखत भएको छ

    निर्वाचन आयोगले दुवै दलका नेताहरुलाई  भदौ २२ गतेसम्मको लागि पार्टी रोज्न समय दिएको थियो ।

     सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८,महोत्तरीमा ७ , रौतहटमा ८४, वारामा ३२ र पर्सामा ५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीमा सप्तरीमा ९६,सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जनाले सनाखत गरेका हुन् । 

No comments:

Post a Comment