Sunday, September 19, 2021

पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले बचाएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुको दावी

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,असोज ३

    नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पुर्व प्रधानमन्त्री केपी ओलीले घाईते पारेको संविधानलाई आफुहरुले बचाएको दावी गरेका छन । आज(आइतवार) सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौ संविधान  दिवस समारोहमा बोल्दै पार्टीका नेताहरुले यस्तो दावी गरेका हुन ।

    कार्यक्रमका प्रमुख अतिथी पार्टीका सर्लाही इन्चार्ज लक्ष्मण पौडेलले केपी ओलीले दुई चोटी संसद विघटन पारेर मुर्छा पारेको संविधानलाई सर्वोच्च अदालतको फैसला र आफुहरुको आन्दोलनले व्युँताएको बताउनुभयो ।उहाँले नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा देशको संविधान र व्यवस्था बचेकाले सबैलाई यही पार्टीमा गोलबन्द हुन आव्हान गर्नुभयो ।

     पार्टीका नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरु वेची लुंगेली, सुरेन्द्र लामा, गोविन्द अधिकारी, उत्तर मैनाली, जय गोले लगायतले नेकपा एमालेको नेतृत्व उल्टो दिशा तर्फ चलेकोले पार्टीबाट बिद्रोह गर्नु परेको दाबी गर्नुभयो ।

हरिवन चौकमा उक्त पार्टीको नगर कमिटी कार्यालय पनि आजै उद्घाटन भएको नगर सचिव किशोर मिक्चनले बताउनुभयो ।

     यसै विच आजै नेकपा एकिकृत समाजवादीमा आवद्ध नगरपालिकाका जनप्रतिनिधिको भेलाले नगर संसदीय दल चयन गरेको छ । वार्ड नम्बर ५ का अध्यक्ष नागेन्द्र कुमार साह संयोजक, वार्ड नम्बर ४ का अध्यक्ष धन वहादुर वाईवा सह-संयोजक र वोर्ड सदस्य लिली घिसिङ प्रवक्ता रहेको संसदीय दल गठन गरिएको नगर अध्यक्ष  वाग्लेले जानकारी दिनुभयो ।

    हरिवन नगरपालिकाका १६ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन सनाखत गरेका थिए ।

No comments:

Post a Comment