Saturday, September 4, 2021

प्रदेश न-२ मै पहिलो पटक भारत्तोलन(power lifting) प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सम्पन्न

 



प्रदेश न-२ मै पहिलो पटक भारत्तोलन(power lifting) प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सम्पन्न

मनोज यादव--
सर्लाही ,भदौ २०
       प्रदेश न-२ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा  जिल्ला स्तरीय  पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता  सम्पन्न भएको छ ।गोल्ड फिटनेस सेन्टर ईश्वरपुरको आयोजनामा पुरुष तर्फ  जुनियर,सबसिनियर ,सिनियर र मास्टर्स  तहको प्रतियोगिता सनिवार सम्पन्न भएको छ ।



     ईश्वरपुर नगरपालिका वडा न-६ बयलबासमा   आयोजना भएको प्रतियोगितामा आयोजक क्लब सहित राइजिंग युवा क्लब मलंगवा ,युनाइटेड फिटनेस सेन्टर लालबन्दी र तराई बुल्स जिम क्लबका खेलाडीहरुले भाग लिएका थिए ।प्रतियोगितामा मास्टर्स तर्फ प्रथम विकास श्रेष्ठ ,    दुतिय  संदेश लामा र  विक्रम पाख्रिन तृतीय भएका छन् ।यस्तै  सिनियर  तर्फ प्रथम,दुतिय र तृतीय क्रमशः निखिल कुमार  झा , निरज सर्राफ र डिक बहादुर मगर भएका छन् ।यसैगरि  सबसिनियर तर्फ सत्यमन लोप्चन,नयन जेना र देवेन्द्र श्रेष्ठ भएकाछन ।यसैगरी  जुनियर तर्फ सन्तोष साह,धर्मेन्द्र राम र रंजित मगर क्रमश प्रथम दुतिय  तृतीय भएको आयोजक संस्थाका इभेन्ट मेनेजर चाँद मिकरानीले जानकारी दिएको छ ।


   कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ईश्वरपुर नपाका नगरप्रमुख मनोज देवकोटाले  विद्यालय, खेलकुद क्लब तथा पालिकाहरुले अन्य सबैखाले खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको भएपनि  प्रदेश न-२ मै पहिलो पटक यस किसिमको प्रतियोगिताको आयोजना सर्लाहीको ईश्वरपुरमा आयोजना गरिएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिंदै  आयोजक कमिटीले तथा बिजेता  खेलाडीहरुलाई  बधाई दिएका थिए ।


    प्रतियोगितालाई परी हार्डवेयर,नव प्रयास बचत तथा सहकारी संस्था ,मनोज आचार्य फाउन्डेसन र ईश्वरपुर मनकामना इंग्लिस स्कुलले प्रायोजन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेका थिए ।


    पहिलोपटक भारत्तोलन प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न पाउँदा दर्शकहरु निकै उत्साहित देखिएका थिए ।  

No comments:

Post a Comment