Thursday, November 17, 2022

मेथुर चौधरीको बोली, व्यवहार र काम गर्ने तरिका, जनतासँग जोडिएकोले प्रदेश सभा सदस्यको लागि हाम्रो मत उहाँलाई नै दिन्छौ :स्थानीय मतदाता

 


मेथुर चौधरीको बोली, व्यवहार र काम गर्ने तरिका, जनतासँग जोडिएकोले प्रदेश सभा सदस्यको लागि  हाम्रो मत उहाँलाई नै दिन्छौ :स्थानीय मतदाता 



मनोज यादव---

सर्लाही,कात्तिक ३०

    सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-२ प्रदेशसभा (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसप)को तर्फबाट  उम्मेदवार रहेका मेथुर चौधरी नै आफुहरुको सच्चा नेता रहेको स्थानीय मतदाताहरुले बताएका छन् ।

   चौधरी बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवार हुनुहुन्छ । उहाँसँगको प्रतिस्पर्धामा नेपाली काँग्रेसबाट कौशल किशोर राय,जनता समाजवादी पार्टीबाट अशोक यादव,नेपाल जनता पार्टीबाट महेन्द्र साह उर्फ राधा मौसी उमेदवार रहेका छन् । २ नम्बर क्षेत्रको प्रदेशसभा (ख)मा  सबैभन्दा बलियो उम्मेदवार चौधरी नै भएको स्थानीयहरुको दाबी छ । उनको  जनतामा भिजेको, जनताको काममा निरन्तर लाग्ने र सहयोगी विचारधारा भएको युवा नेता रहेका कारणले पनि मेथुरको जित्ने सम्भावना बलियो रहेको स्थानीयहरु बताउँछन् । 

     जिल्ला समन्वय समिति सर्लाहीका पुर्व सभापति समेत रहनुभएका चौधरी जिससको सभापति पदमा रहँदा  निरन्तर रुपमा जनताको समस्या र गुनासो सुन्ने र आफ्नो क्षमताले भ्याए सम्म समस्याको समाधान पनि गर्ने गरेकोले चौधरी आम जनताको बिचमा लोकप्रिय हुनुहुन्छ ।चौधरीलाई नजिकबाट चिन्ने ब्यक्तिहरु उहाँको बोली, व्यवहार र काम गर्ने तरिका, जनतासँग जोडिएको बताउँछन् । 

     जनताले प्रदेश सभामा नयाँ र जनताको काममा लाग्ने र लाग्दै आएका लगनशील  नेतालाई पठाउने निधो गरिसकेकाले पनि यो पटक चौधरीको जित्ने बलियो आधार रहेको स्थानीय मतदाताहरुको भनाई छ।  


No comments:

Post a Comment