Saturday, November 12, 2022

आसन्न निर्वाचनमा गठबन्धनका उमेदवारहरु भारी बहुमतले जित्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य धुर्व रिजालको दाबी


आसन्न निर्वाचनमा गठबन्धनका उमेदवारहरु भारी बहुमतले जित्ने  नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य धुर्व रिजालको दाबी 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कार्तिक- २६

    नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवसहित गठबन्धनका उम्मेदवारले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले जित हासिल गर्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य ध्रुव रिजालले बताएका छन् । 

     गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा  गठबन्धनद्वारा आयोजित चुनावी सभामा सहभागी हुन पुगेका सर्लाहीको लालबन्दी निवासी  युवा नेता रिजालले गठबन्धनका  उम्मेदवार यादव तथा गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण  बढेकाले जित सुनिश्चित रहेकाले बताए ।

           उनले  सर्लाही क्षेत्र नं. १ मा पनि गठबन्धनका साझा उम्मेदवार रामप्रकाश चाैधरीले संघीय सांसद ,बेची लुङ्गेलीले प्रदेश (ख) र उप्रेन्द्र महताेले (क) मा भारी मतका साथ जित हासिल गर्ने बताए  । नेता रिजालले नेपाली कांग्रेसले समग्र सर्लाही सहित मधेस प्रदेमै समानुपातिक तर्फ अत्याधिक मत प्राप्त गर्ने बिस्वास व्यक्त गरे ।

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रुपमा आतुर रहनुले पनि  गठबन्धनकले जीतने आधार तय भएको उनको बुझाई छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान   सरकारले गरेका राम्रा काम र नेपाली कांग्रेस देशकै पुरानो प्रजातान्त्रिक शक्ति भएका कारण जनताले कांग्रेसलाई रुचाउनु स्वभाविक रहेको नेता रिजालको तर्क छ ।गठबन्धनको भावनालाई बुझेर सबैले उम्मेदवारलाई जिताउने तर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

   कार्यक्रममा उपस्थित हुनुभएका प्रतिनिधि सभा सांसद एवं नेकपा एसका प्रमुख सचेतक सरला यादवले हाम्रो गठबन्धन बलियो रहेकोले गठबन्धनका सबै साझा उमेदवारहरुको जित सुनिश्चित भइसकेको बताउनुभएको छ।

 प्राप्त उपलब्धिको रक्षा गर्दै , संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि पनि  वर्तमान सत्ता गठबन्धनका उम्मेदवारहरू विजय हुनुपर्ने उनको तर्क छ ।

No comments:

Post a Comment