Saturday, November 26, 2022

हरिपुर्वमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न

 

हरिपुर्वमा एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १०

     सर्लाहीको हरिपुर्वामा सनिवार सम्पन्न नि:शुल्क आँखा जाँच शिविरमा २ सय ६ जना ब्यक्तिहरुको आँखा परिक्षण गरिएको छ ।जसमध्येबाट ८७ जनामा मोतियाबिन्दुका बिरामीहरु फेला परेका छन् ।मोतियाबिन्दुका  बिरामीहरुको मंसिर १३ गते ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा निःशुल्क अप्रेशनको व्यवस्था मिलाइएको स्थानीय पत्रकार मुकेश झा बताए ।

      हरिपुर्वा न.पा२ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था तथा नेपाल नेत्र ज्योती संघ भरतपुर आँखा अस्पतालले संयुक्तरूपमा आयोजना गरेको  शिविरमा जाँच गराएका बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको झाले जानकारी दिए।

    संस्थाका अध्यक्ष गणेश कुमार यादवको अध्यक्षता तथा हरिपूर्वाका मेयर विनोद साह तेलीको प्रमुख आतिथ्यतामा आयोजित आँखा शिविरको उद्घाटन समारोहमा हरिपूर्वा न.पा वडा न-१ वडाध्यक्ष श्यामबाबु राय, वडा न-६ का वडाध्यक्ष रामसोगारथ राय, केश्वर गरिब मावि व्यवस्थापन समितिका अध्यक्ष मनोज यादव, समाजसेवी राजनारायण राय, व्यवस्थापक मुकेश झा, संस्थाका बसन्तपुर शाखा प्रमुख रामनाथ राय लगायतको उपस्थिति रहेको थियो । 

    उक्त शिविरमा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्र सहायक चन्दन मनिराम नेतृत्वको  टोलीले बिरामीहरुको आँखा जाँच गरेका थिए। 





 


No comments:

Post a Comment