Friday, November 4, 2022

महिला स्वास्थ्यकर्मीहरुको लागि क्लिनिकल प्रशिक्षक विकास तालिम मलंगवामा सुरु

 

महिला स्वास्थ्यकर्मीहरुको लागि  क्लिनिकल प्रशिक्षक विकास तालिम मलंगवामा सुरु

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १८

      सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल सरकारको आयोजना तथा वन हर्ट वर्ड वाइड को सहयोगमा महिला स्वास्थ्यकर्मीहरुको लागि ७ दिने क्लिनिकल प्रशिक्षक विकास तालिम सुरु भएको छ।

     कात्तिक २४ गतेसम्म संचालन हुने उक्त तालिमको  स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाले शुक्रवार बिहान एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो। उदयपुर ,दोलखा ,रौतहट ,म्याग्दी 

रामेछाप र सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १३ जना महिला स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको यस तालिममा आमदा अस्पताल झापाका टीका सुवेदी,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा तथा प्रादेशिक अस्पताल मलंगवाकै नर्सिङ इन्चार्ज संगिता श्रेष्ठले प्रशिक्षण दिइरहेको सहयोगी संस्था वन हर्ट वर्ड वाइडकी ट्रेनिङ सुपरभाइजर निकिता चौधरीले जानकारी दिए।

     तालिम लिएका स्वास्थ्यकर्मीहरु आआफ्नो जिल्लामा रहेका स्वास्थ्य संस्थामा विभिन्न पद तथा विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षकको रुपमा तालिम दिन सक्ने जिल्ला को-अर्डिनेटर अमरेन्द्र रायले बताए ।

    तालिम मलंगवा स्थित महेन्द्र होटलमा संचालन भइरहेको छ।

No comments:

Post a Comment