Sunday, November 13, 2022

चुनाव निष्पक्ष र धाँधली रहित सम्पन्न गराउन भनि ध्यानाकर्षण गराउन सिडियोलाई ज्ञापनपत्र बुझाईयो

 

चुनाव निष्पक्ष र धाँधली रहित सम्पन्न गराउन भनि ध्यानाकर्षण गराउन सिडियोलाई ज्ञापनपत्र बुझाईयो

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २७

    आसन्न मंसिर ४ गतेको चुनावलाई निष्पक्ष र धाँधली रहित शान्तिपुर्ण तरिकाले सम्पन गराउन भनि ध्यानाकर्षण गराउँदै मानवअधिकार रक्षक संजाल मलंगवाले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएको छ।

       संजालका अध्यक्ष मुकेश मिश्रको अगुवाइमा  नागरिक समाजका अध्यक्ष उग्रकान्त झा,इन्सेक सर्लाहीका प्रतिनिधि बुधन साह,नागरिक समता विकास संस्थाकी दिवानी घिमिरे,ओरेक नेपालकी ममता साह र संचारकर्मी संतोष कर्णसहितको टोलीले आइतवार दिउँसो मलंगवा स्थित जिप्रकामा प्रजिअ गौतमकै कार्यकक्षमा पुगेर ज्ञापनपत्र पत्र बुझाएका हुन।

   उक्त ज्ञापनपत्र मार्फत भोंट हाल्न जाने मतदाताले शान्तिपुर्ण रुपमा आफ्नो अधिकार प्रयोग गर्न पाउनु पर्ने,अतिसम्वेदनशिल मतदान केन्द्रहरुको सुरक्षा व्यवस्थामा कडाइ गर्नुको साथै निगरानीको लागि  मतदान केन्द्रहरुमा सिसिटिभी क्यामेरा  जडान गर्नुपर्ने भन्दै प्रजिअ गौतमको ध्यानाकर्षण गराएका थिए।

No comments:

Post a Comment