Thursday, November 3, 2022

हुलाकी सडक निर्माण सुरु गर्न माग गर्दै सर्लाहीमा स्थानीयहरु द्वारा सडक अवरुद्ध/चुनाव भन्दा पहिल्यै सडक बनिसक्नु पर्ने माग

 हुलाकी सडक निर्माण सुरु गर्न माग गर्दै सर्लाहीमा स्थानीयहरु द्वारा सडक अवरुद्ध/चुनाव भन्दा पहिल्यै सडक बनिसक्नु पर्ने माग



मनोज यादव----

सर्लाही ,कात्तिक १७

      विगत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको सर्लाहीको हुलाकी राजमार्गको निर्माणको माग राखेर स्थानीयहरु सडक अवरुद्ध गरि आन्दोलनमा उत्रिएका छन् ।   

    आज(बिहीबार) बिहानै देखि सदरमुकाम मलंगवा देखि लगभग ४ किलोमिटर टाढा रहेको कौडेनामा त्यस क्षेत्रका जनताहरु बिच सडकमा खाट र बाँस तेर्साएर हुलाकी सडक अवरुद्ध गरेका छन् । २०६८ सालमा ठेक्का लागेको हुलाकी राजमार्ग  ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेकोले सडकको निर्माण कार्य चुनाव अगाडी सम्पन्न नभएसम्म यसैगरी सडक अवरुद्ध गरि आन्दोलन गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् ।

     बिहान उनीहरूले सडकमा टायर समेत बालेका थिए।जबसम्म संघ र प्रदेशमा यसअघिका निर्वाचित  जनप्रतिनिधि ,जिल्ला समन्वय समिति प्रमुख ,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख र ठेकेदार कम्पनी आएर चुनाव अगाडी हुलाकी सडकको निर्माणकार्य सम्पन्न गर्ने लिखित सम्झौता गर्दैन तबसम्म यस क्षेत्रमा कुनैपनि चुनावी प्रचार अभियान संचालन गर्न नदिने र सवारीसाधनहरु समेत चल्न नदिने आन्दोलनमा उत्रिएका जनताहरुले जोडदार माग राखेका छन् । 

    बिहिवार बिहानैदेखि सो क्षेत्रको अवस्था तनावग्रस्त रहेको छ।

   मलंगवादेखि पूर्वतर्फ सङ्ग्रामपुरसम्म, मलंवादेखि पश्चिम रोहुवासम्म र त्यहाँदेखि बलरासम्म तीन खण्डमा गरी सडकको ठेक्का लागे पनि ठेकेदारले केही समय अघि माटो भर्नेलगायत सामान्य काम गरे पनि अन्य काम अघि बढाएको छैन ।

    हुलाकी सडक छेउछाउको बसाइँ र यात्रा अत्यन्त कष्टकर बनिरहेको स्थानीय बासिन्दाले गुनासो गर्दै आइरहेका छन् ।सडक नबन्दा धुलोले कष्टकर  जनजीवन बिताइरहेका जनताहरु सांसद, स्थानीय निकायका प्रमुख तथा  नियमनकारी निकायसँग  आक्रोशित भएका छन्  । 

No comments:

Post a Comment