Thursday, November 3, 2022

गठबन्धनका उमेदवार राजेन्द्र महतोको साथ जंगीलाल र मेथुरको चुनावी अभियान तिब्र /घरदैलोमा जनताको बाक्लो उपस्थिति

 



गठबन्धनका उमेदवार राजेन्द्र महतोको साथ जंगीलाल र मेथुरको चुनावी अभियान तिब्र /घरदैलोमा जनताको बाक्लो उपस्थिति 


लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १६

   मधेसका प्रभावशाली नेता राजेन्द्र महतो मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि  सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-२ मा आफ्नो चुनावी अभियानलाई तिब्र पारेको छ। 

     चुनाव आउन अब केही दिनमात्र बाँकी रहँदा उहाँले सर्लाही क्षेत्र न-२ (क )बाट प्रदेश सभा सदस्य उमेदवार जंगीलाल राय र २(ख ) बाट मेथुर चौधरीको साथमा अभियानलाई तिब्र पार्नुभएको छ।उहाँहरु अहिले चुनावी अभियानको क्रममा बिहान देखि अबेर रातिसम्म आफ्ना क्षेत्रका जनताहरुको घरदैलोमा पुगेर आम जनताको दु:ख,पीडा र समस्याहरुको बारेमा जानकारी लिई रहनु भएको छ। जनताको समस्या आफुले भलिभाँति बुझेकोले उनीहरुको समस्या र दु:ख लाई पनि आफ्नै समस्या र दु:ख बुझेको महतोले बताए ।

    महतो लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्ह साइकल  छाप लिएर चुनावी मैदानमा उत्रिनु भएको छ भने पनि यही निर्वाचन क्षेत्रबाट 

   यादव यसपटक नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् भने एउटै गठबन्धनमा रहेका महेन्द्र राय यादव पनि यसै क्षेत्रबाट माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।


    अहिले एउटै गठबन्धन र क्षेत्रका यी दुई हैविवैटका नेताहरु बिच ठुलो टक्करको माहोल बनेको छ। 

मधेसकै एजेन्डा अघि सारेर राजनीति गर्ने दुवै नेता ९ वर्षपछि एकअर्काविरूद्ध चुनावी मैदानमा उत्रिन पुगेका छन्।

    महतो र यादव दुवैले आफ्नो राजनीति सर्लाहीबाट गर्दै आएका छन्। दुवै जना एउटै वर्षबाट चुनावी मैदानमा उत्रिएका व्यक्ति पनि हुन्।महतो २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सर्लाही क्षेत्र न-२ मा चुनाव लडेका थिए। उनले २०५६ सालमा  पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसदमा पुग्ने अवसर पाए। २०७४ सालको निर्वाचनमा महतोले धनुषाबाट विमलेन्द्र निधिलाई पराजित गरेका थिए। 

    अहिले उनी क्षेत्र न-२ मा गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् ।महतोसँगै क्षेत्र न-२ (क)मा प्रदेश सभा सदस्यको लागि चुनाव लडेका पुर्व सांसद जंगीलाल राय (रुख छाप)र सोही पदको लागि क्षेत्र न-२(ख) बाट चुनाव लडेका पुर्व जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी(साइकल छाप) प्रति जनताको झुकाव र उत्साहलाई देखेर यस क्षेत्रमा आफ्नो टिमको जित हुने प्रतिनिधि सभा सदस्य उमेदवार एवं पुर्व उपप्रधानमन्त्री महतोले दाबी गर्नु भएको छ।

     उहाँहरुले गर्दै आएको घरदैलो कार्यक्रममा ठुलो जनलहर देखिएको छ।यस क्षेत्रका जनताहरुले विकास र सम्वृद्धि चाहेका छन् ।जनताहरुकै चाहना र इच्छालाई पूरा गरेर देखाउन विकास प्रेमी नेताद्वय गंगिलाल र मेथुरलाई साथमा लिएर जनमत माग्न आफुहरु हरेक जनताको घरघर र दैलौदैलोमा पुगिरहेको महतोले बताउनुभएको छ।

    क्षेत्र न-२ मा हामीले  जित्ने सुनिश्चित छ, घरदैलोमा जनताको बाक्लो उपस्थिति भइरहेको छ, घरदैलोमा पुग्दा मतदाताबाट आफुहरुलाई नै जिताउने आश्वासन आइरहेको प्रदेश सभा सदस्य उमेदवार जंगीलाल रायले बताए ।


No comments:

Post a Comment