Sunday, November 13, 2022

चुनावलाई मध्यनजर गर्दै प्रशासनद्वारा मादक पदार्थ बिक्री वितरणमा रोक


चुनावलाई मध्यनजर गर्दै प्रशासनद्वारा मादक पदार्थ बिक्री वितरणमा रोक

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २७

     आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको  छ।  

       जिप्रका सर्लाहीले आइतवार एक सूचना जारि  गर्दै मादक पदार्थ बिक्री, वितरण, ओसार पसार र सेवन कार्यलाई निषेध गरेको हो।

    निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मादक पदार्थको बिक्री र सेवनलाई निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताएको छ।कात्तिक २७ देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि जिल्लाभर मादक पदार्थको बिक्री, ढुवानी तथा सेवन कार्य निषेध गरिएको अधिकारीले जनाएको छ।

 

No comments:

Post a Comment