Thursday, November 17, 2022

बिजुली अफिसको गैरजिम्मेवारीपन रवैया बाट खुटौनाबासी पिडित


बिजुली अफिसको गैरजिम्मेवारीपन रवैया बाट खुटौनाबासी पिडित

लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र मलंगवा अन्तर्गत पर्ने खुटौना स्थित मुस्लिम टोल(पछियारी)मा रहेको ट्रान्सर्फमरमा खराबी आएपछि प्राधिकरणले त्यसको मर्मत सम्भारमा कुनै चासो नलिंदा सो टोलका २ सय भन्दा बढी बासिन्दाहरु एकहप्ता भन्दा बढी समयदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

     सो टोलको ट्रान्सर्फमरमा कात्तिक २२ गते नै खराबी आएको थियो।ट्रान्सर्फमर मर्मत गरिदिन भनि प्राधिकरणलाई पटकपटक मौखिक रुपमा जानकारी गराउँदै आएपनि कुनै सुनवाइ नभए पछि बाध्य भएर वडा कार्यालयलाई पहल गरिदिन आग्रह गरेको स्थानीय टोलबासीहरुले बताए ।

    समयमा बिजुलीको महसुल नबुझाउँदा फाइन तिर्नु पर्ने तर लाइनमा खराबी आएपछि त्यसलाई बनाएर विधुत सुचारु गर्ने तर्फ ध्यान नदिने बिजुली अफिसको यस्तो गैरजिम्मेवारीपन रवैयाबाट जिल्लाका एकदुई वटा गाउँ टोलका मात्र नभइ जिल्ला भरीका जनताहरु पिडित रहँदै आएको बुद्धिजीवीहरु बताउँछन् ।

    

No comments:

Post a Comment