Thursday, November 3, 2022

कसैको लोभ लालच र छलकपटमा नपरी यसपालिको चुनावमा स्वतन्त्र उमेदवार सरोज रायलाई विजयी गराउने क्षेत्र न-३(ख) का जनताहरुको निर्णय

 


मनोज यादव---

सर्लाही,कार्तिक १७

     यही आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा  प्रतिनिधि सभा सदस्य पदको लागि ठुला तथा पुराना नेताहरुसँग प्रतिस्पर्धा गर्न सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-३(ख) बाट चुनावी मैदानमा उत्रिएका युवा समाजसेवी स्वतन्त्र उमेदवार सरोज रायको चर्चा यतिबेला चुलिएको छ।

     यसअघि जितेर गएका नेताहरुको कामबाट असंतुष्ट भएका यस क्षेत्रका जनताहरुको  झुकाव समाजसेवी युवा नेता यादवतर्फ देखिएको छ।सो क्षेत्रमा  विभिन्न पार्टीका  नेताहरु मतदाताहरुलाई आफुतर्फ आकर्षित गर्न  विभिन्न तरिकाले प्रचार प्रसारमा लागेका भएपनि जनताको नजर भने नयाँ उमेदवारको रुपमा देखा परेको स्वतन्त्र दमेदवार यादव तर्फ मोडिएको छ।

    सो क्षेत्रका जनताहरु अब आफुहरु कसैको लोभ लालचमा नपरी समाजको सेवामा आफ्नो सारा जीवन अर्पण गरेका युवा नेता सरोजलाई नै यसपालिको चुनावमा विजयी बनाएर पठाउने निश्चय गरिसकेको बताएका छन् ।  अन्य नेताहरु आफुहरुको भोंट तान्न विकासको नाममा झुठो आश्वासन मात्र बाँँडिरहेको स्थानीय जनताहरुले बताएका छन् । विगत लामो समयदेखि  समाजिक सेवामा सकृय रहेका सामाजिक अभियन्ता रायको सर्वसाधारण नागरिकहरु प्रतिको अथाह प्रेम र समर्पण भावकै कारण यस क्षेत्रका जनताहरुले उहाँलाई प्रदेश सभाको लागि उमेदवारी दिन लगाई चुनावी मैदानमा उतारेको राय निकटका व्यक्तिहरुले बताएका छन् ।

     आफ्नो फाइदाको लागि मात्र चुनाव लडेका नेताहरुको हाम्रो क्षेत्रमा कुनै काम नरहेकोले यस पटक आफुहरु कुनैपनि प्रलोभन तथा छलकपटमा नपरी क्षेत्र न-३(ख)को नेतृत्व गर्न समाजिक अभियन्ता रायलाई अत्याधिक मतले विजयी गराई प्रदेश सभामा पठाउने निर्णय गरिसकेको स्थानीयबासिन्दाहरुले बताएका छन् ।

     सर्लाहीको निर्वाचन क्षेत्र न-३ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा लालटेन छाप लिएर प्रदेश सभा क्षेत्र नम्वर ३ (ख)बाट चुनावी मैदानमा उत्रिएका राय क्षेत्र न-३ मा मात्र नभई सर्लाहीको चारवटै क्षेत्रमा चिरपरिचित व्यक्ति हुनुहुन्छ ।उहाँ विदेशमा जेल जीवन विताइरहेका र मृत्युदण्ड पाएका कैयौं नेपालीहरुको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल हुनुभएको छ। भारतबाट समेत कैयौं नेपालीहरुको उद्धार गरिसक्नु भएको छ।

    

     

No comments:

Post a Comment