Friday, November 18, 2022

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिबाट कार्यवाही सम्बन्धि आएको पत्र प्रति प्रदेश सभा उमेदवार जंगीलाल रायको आपत्ती,उमेदवारी यथावत रहेकोले कुनै भ्रममा नपरि निर्धक्क साथा आफुलाई मतदान गर्न राय द्वारा जनसमुदायहरुमा अपिल

 नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिबाट कार्यवाही सम्बन्धि आएको पत्र प्रति प्रदेश सभा उमेदवार जंगीलाल रायको आपत्ती,उमेदवारी यथावत रहेकोले कुनै भ्रममा नपरि निर्धक्क साथा आफुलाई मतदान गर्न राय द्वारा जनसमुदायहरुमा अपिल



मनोज यादव---

सर्लाही,मंसिर २

      नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य एवं सर्लाही निर्वाचन क्षेत्र न-२(क)का प्रदेश सभा सदस्य उमेदवार जंगीलाल रायले पार्टीको अनुशासन समितिबाट आफुलाई कार्यवाही गरिएको सम्बन्धि आएको पत्र प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ती जनाउनु भएको छ। 

    उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उमेदवारी असोज २३ गते नेपाली काँग्रेसको आधिकारिक टिकटबाट भएको र चुनावि अभियानको क्रममा पार्टीले आफुसँग  कुनै पनि किसिमको स्पष्टीकरण समेत नसोधेको तर आज(शुक्रवार)मंसिर २ गते सोसल मिडियामा आएको पत्रले आफुलाई आश्चर्यचकित बनाएको बताउनु भएको छ ।उहाँले आफुलाई कुनै किसिमको जानकारी नै नआइकन सिधै सोसल मिडियामा आएको पत्रले सबैलाई भ्रमित पार्ने काम गरेको बताउनुभयो ।आफुले पार्टी विपरीत आजसम्म कुनै कार्य नगरेको र सधैं पार्टीको हकहितका लागि इमानदारी पुर्वक काम गर्दै आएकोले चुनावको मुखमा आएर सोसल मिडिया मार्फत  जनतालाई भ्रमित बनाउन मात्र खोजेको उनले बताउनु भयो ।

   पार्टीको आधिकारिक टिकट पाएको दिनदेखि नै आफुमाथि विभेद हुँदै आएको भएपनि चुनावी अभियानमा पार्टीको अवस्था क्षेत्र न-२(क) मा बलियो रहेको र जित पनि सुनिश्चित रहेको जानकारी गराउँदै प्रदेश सभा सदस्य उमेदवार रायले सो क्षेत्रका सम्पूर्ण काँग्रेस नेता,कार्यकर्ता ,शुभचिन्तक लगायत जनसमुदायहरुमा आफ्नो उमेदवारी यथावत रहेकोले कुनैपनि किसिमको भ्रममा नपरि जोश जाँगरका साथ पार्टीको रुख(गाछी)चिन्हमा मत(भोंट)दिई आफुमाथि सुरु देखिनै हुँदै आएको अन्याय र भेदभावबाट न्याय दिलाइदिन भनि विज्ञप्ति मार्फत आग्रहसहित अपिल गर्नुभएको छ।

      


 

No comments:

Post a Comment