Friday, November 4, 2022

हरिपुर्वामा संत समागम सम्पन्न

 


हरिपुर्वामा संत समागम सम्पन्न 


लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १८

     सर्लाहीको हरिपुर्वा नगरपालिकामा दुईदिने संत समागम सम्पन्न भएको छ।

    कबिर बाल आश्रम जनकपुरघामको आयोजनामा वडा न-६ स्थित बिकाश साहेवको निवासमा सम्पन्न भएको समागम  कार्यक्रमको अवसरमा नयाँ पुस्ताका युवा तथा बालबालिकाहरुलाई सदमार्ग दर्शनका लागि सु-संस्कार,सु-शिक्षा,सु-स्वास्थ्य ,सु-कर्म,बिचार तथा मानव बिचको भाइचाराको साथै विभिन्न महापुरुषहरुको अमृतवाणी सुनाएर प्रशिक्षण दिइएको भुप नारायण राम दासले जानकारी दिए।

   सोहो अवसरमा साधु संतहरुको लागि भण्डाराको समेत आयोजना गरिएको थियो।

     दुईदिनसम्म चलेको उक्त कार्यक्रममा २ सयभन्दा बढी मानिसहरुको उपस्थिति रहेको दासले जनाएको छ। 

    

No comments:

Post a Comment