Tuesday, November 22, 2022

सर्लाही क्षेत्र न-२ को मतगणनामा ढिलासुस्ती,मलंगवा स्थित जिल्ला समन्वय समिति मतगणनामा सञ्चारकर्मीको प्रवेशमा रोक हुँदा सूचना प्रवाह समेत फितलो

 सर्लाही क्षेत्र न-२ को मतगणनामा ढिलासुस्ती,मलंगवा स्थित जिल्ला समन्वय समिति मतगणनामा सञ्चारकर्मीको प्रवेशमा रोक हुँदा सूचना प्रवाह समेत फितलो


लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर ६

     सर्लाहीको निर्वाचन क्षेत्र न-२

को मतगणना स्थलमा संचारकर्मीहरु लाई प्रवेशमा रोक लगाइएको छ।रोक  लगाउँदा मतगणना सम्बन्धि सत्य तथ्य सूचना प्रवाह गर्न समस्या उत्पन्न भएको छ।

     सोमबार मतगणना सम्बन्धि  समाचार संकलनमा गएका पत्रकारलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनमा मतगणना भइरहेको स्थानबाट बाहिर निकालेका थिए।संचारकर्मीलाई रोकेर सूचनाको हकमा प्रतिबन्ध लगाएको भन्दै पत्रकारहरुले रोष प्रकट गरेका छन् । सूचना प्रवाहमा अंकुश लगाएर प्रेस स्वतन्त्रताका ठाडो उल्लंघन गरेको देखिएको छ ।

    मतगणना स्थलमा निर्वाचन अधिकृतको कार्यालयद्वारा फितिलो व्यवस्थापनका कारण मतगणना स्थलभित्र के भइरहेको छ मतपरिणाम कतिको आएको छ भन्ने बारे कुनै कुरा नबाहिरिंदा संचारकर्मीहरुलाई समाचार संकलन गर्न निकै अप्ठयारो भएको छ भने आम जनता समेत अन्यौलमा परेका छन्।

    अन्य निर्वाचन क्षेत्रका मतगणना स्थलमा पत्रकारहरुलाई सूचना संकलन गर्न कुनै रोक नलगाइएकोले क्षेत्र न-१,३ र ४ को मतपरिणाम सम्बन्धि सूचनाहरु  धमाधम आइरहेको छ।

    मतगणना स्थलभित्र राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिलाई सहज रुपमा मतगणना स्थलसम्म आवात जावत गर्न दिइरहेका छन भने संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाएका छन ।मतपरिणाम सहज रुपमा उपलब्ध गराउन निर्वाचन कार्यालयले न कुनै सूचना डेस्क राखेको छ, न सामाजिक संजाल फेसबुकको अधिकारिक पेजमै अपडेट गरिरहेको छ।

    समाचार संकलनका लागि पुगेका पत्रकारहरुले बिहानैदेखि मतगणना स्थल बाहिर उभेका छौं  न त भित्र छिर्न दिइएको छ न त मतपरिणाम उपलब्ध गराउने व्यवस्था गरिएको छ। जसका कारण समाचार संकलन गर्नु निकै समस्या भइरहेको गुनासो गरेका छन् । साथै उनिहरु संचारकर्मीलाई समाचार संकलनका लागि  मतपरिणामको सूचनाबाट वञ्चित गराउनु भनेको प्रेस स्वतन्त्रतामाथिको हनन भएको भन्दै सो कार्यको घोर भत्सर्ना गरेका छन् । 

     सोमबार दिउँसोदेखि नै मतपरिणाम सुन्न भनि बसेका जनताहरु पनि ढिलासुस्तिका कारण आजित भइसकेका छन् ।

No comments:

Post a Comment