Thursday, November 10, 2022

मलंगवामा संचालित सातदिने क्लिनिकल प्रशिक्षक विकास तालिम सम्पन्न ,६ जिल्लाका महिला स्वास्थ्यकर्मीले लिए प्रशिक्षण

 

मलंगवामा संचालित सातदिने  क्लिनिकल प्रशिक्षक विकास तालिम सम्पन्न ,६ जिल्लाका महिला स्वास्थ्यकर्मीले लिए प्रशिक्षण

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २४

      सर्लाहीको सदरमुकाम मलंगवामा नेपाल सरकारको आयोजना तथा वन हर्ट वर्ड वाइड को सहयोगमा महिला स्वास्थ्यकर्मीहरुको लागि संचालित ७ दिने क्लिनिकल प्रशिक्षक विकास तालिम  सम्पन्न भएको छ।

     गत कात्तिक १८ गतेदेखि सुरु भएको  उक्त तालिमको बिहिवार स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो।

    उक्त तालिममा सहभागी  उदयपुर ,दोलखा ,रौतहट ,म्याग्दी 

रामेछाप र सुर्खेत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १३ जना महिला स्वास्थ्यकर्मीहरुलाई आमदा अस्पताल झापाका टीका सुवेदी,प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा.नवल किशोर झा तथा प्रादेशिक अस्पताल मलंगवाकी नर्सिङ इन्चार्ज संगिता श्रेष्ठले प्रशिक्षण दिएको  सहयोगी संस्था वन हर्ट वर्ड वाइडकी ट्रेनिङ सुपरभाइजर निकिता चौधरीले जानकारी दिए।

     तालिम लिएका स्वास्थ्यकर्मीहरु आआफ्नो जिल्लामा रहेका स्वास्थ्य संस्थामा विभिन्न पद तथा विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षकको रुपमा तालिम दिन सक्ने जिल्ला को-अर्डिनेटर अमरेन्द्र रायले बताए ।

      मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको तालिमको समापन कार्यक्रममा यु.एस बाट आउनुभएका एन्जिला र जेनीले केक काटेर सहभागी प्रशिक्षार्थी र प्रशिक्षकहरु बिच शुभकामना साटासाट गरेका थिए।

No comments:

Post a Comment