Sunday, November 20, 2022

सर्लाहीमा मतदान सम्पन्न/दुईजना फर्जी मतदाता पक्राउ सोमबार १० बजे मतगणना हुने

 सर्लाहीमा मतदान सम्पन्न/दुईजना फर्जी मतदाता पक्राउ 

सोमबार १० बजे मतगणना हुने

मनोज यादव---

सर्लाही,मंसिर ४

    प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत आईतबार सर्लाहीमा ६० भन्दा केही प्रतिशत मात्र बढी  मत खसेकाे छ ।

    ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका सर्लाही जिल्लामा  प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।जिल्लामा ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्।

   यसअघिका हरेक निर्वाचन अन्तर्गत मतदानका दिन सर्लाहीको ४ नम्बर क्षेत्रमा दुई पक्षबीच झडप हुने गाेली चल्ने र सर्वसाधारणकाे ज्यान नै जाने गरि घटनाहरु हुने गरेपनि याे पटक भने सामान्य झडप बाहेक कुनैपनि ठूलो घटना नभएको र शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिएको  छ । यसपटक मतदान स्थलहरुको सुरक्षा व्यवस्थामा निकै नै चुस्तदुरुस्त पारिएकाेले कुनै अपृय घटना नभएकाे प्रजिअ  गाैतमले जनाएको छ । 

   अघिल्ला चुनावहरुकाे तुलनामा यसपटक नेपाली सेनाले समेत गस्तीमा निकै नै सकृयता बढाएका थिए। सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी समेत व्यापक रुपमा परिचालन गरिएका थिए ।

     यसैगरी  सर्लाहीकाे बागमती र बलराबाट अर्काकाे नाममा मत खसाल्न खाेज्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

   बागमती नगरपालिका वडा न-१२ स्थित प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा फर्जी मत खसाल्न खाेजेकाे आराेपमा २० वर्षीय मुस्कान माेक्तानलाई प्रहरीले पक्राउ गरेकाे छ। त्यस्तै बलरा नगरपालिका वडा न-४ जब्दी प्रावि मतदान केन्द्रमा पनि अर्काकाे नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

  पक्राउ परेका २ दुवैजनालाई  नियन्त्रणमा राखिएकाे र निर्वाचन ऐन अनुसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका  प्रहरी प्रमुख प्रहरी  उपरीक्षक प्रविन पाेखरेलले जानकारी दिए ।


No comments:

Post a Comment