सर्लाहीमा असारी र ठाकुरको घरमाआगलागी,३ लाख बढीको क्षति
सर्लाहीमा अंसारी र ठाकुरको घरमाआगलागी,३ लाख बढीको क्षति
लोकतन्त्र समाचारदाता---
सर्लाही, मंसिर १०
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शुक्रवार आगलागी हुँदा ३ लाख ११ हजार मूल्य बराबरको क्षति भएको छ।
शुक्रवार साँझ वडा न-१ किशनपुर निवासी आसमहमद अंसारी र चउठी ठाकुरको घरमा फोहर डढाउन भनि बालिएको घुरबाट आगलागी भएको थियो।
प्रहरीले दिएको जानकारी अनुसार उक्त आगलागीबाट अंसारीको टालिले छाएको घर, लत्ताकपडा, १ थान साईकल र दाउरा गरी १ लाख ६५ हजार को र ठाकुरको घर, लत्ताकपडा, घरमा राखेको दाउरा लगायतको सामग्री पुर्ण रुपमा जलेर नष्ट हुदा १ लाख ४६ हजार मुल्य बराबरको क्षति भएको हो।
No comments:
Post a Comment