Thursday, November 10, 2022

चन्द्रनगर गाउँपालिकाको वडा स्तरमै समाजिक सुरक्षा भता वितरण सुरु,बैंक जानु नपर्ने भएपछि जेष्ठ नागरिकहरु लाई भत्ता बुझ्न सहज




चन्द्रनगर गाउँपालिकाको वडा स्तरमै समाजिक सुरक्षा भता वितरण सुरु,बैंक जानु नपर्ने भएपछि जेष्ठ नागरिकहरु लाई भत्ता बुझ्न सहज

मनोज यादव----

सर्लाही,कात्तिक २४

       सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिका  अध्यक्ष राजकुमार महतोको पहलमा वडा स्तरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु भएपछि वृद्धवृद्धाहरुलाई सहज भएको छ।

    स्थानीय तहको चुनावको बेला भोंट माग्ने क्रममा गापा अध्यक्ष महतोले चुनाव जितेपछि  विधवा,दलित,अशक्त, पूर्ण अंपाग र जेष्ठ नागरिकहरुलाई उनीहरूकै गाउँमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउने गरेको प्रतिबद्धताअनुरुप वडा स्तरमा भत्ता दिन सुरु गरेको हो।यसअघि चन्द्रनगरमा रहेको नबिल बैंकमा भत्ता बुझ्न जाँदा १ हजार रुपैयासम्म टेम्पो भाडा खर्च हुन्थ्यो ।बैक सम्म आइपुगेपछि  दिनभर चर्को घाममा उभेर आफ्नो पालो कुरेर बस्नु पर्ने अवस्था थियो,अब यस्तो अवस्थाको अन्त्य भएको छ ,चन्द्रनगर गापा वडा न-४ कि एक लाभग्राही वृद्धा शारदा खातुनले बताइन् ।

     यसअघि पालिका भरीका सबै वडाको सामाजिक सुरक्षा भत्ता नबिल बैकको चन्द्रनगर शाखाबाट वितरण हुुँदै आएको थियो। लाभग्राहीहरुको चापका कारण सम्पूर्ण  वडाको भत्ता वितरण गर्न एक महिनासम्म समय लाग्ने गरेको थियो।गापा अध्यक्ष महतोको पहलमा एनआईसी एसिया बैंकको  बयलबास शाखाले  वडा वडामै गएर सामाजिक सुरक्षा वापतको रकम वितरण गर्न थालेपछि आफुजस्ता वृद्धहरुलाई रकम बुझ्न सजिलो भएको स्थानीय बिल्टु पासवानले बताए ।   वर्षौदेखि वृद्ध भत्ता बुझ्न गाउँपालिका नै पुग्नुपर्ने बाध्यताले सेवाभन्दा बढी सास्ती खेप्दै आएका वृद्धवृद्धाहरुलाई अब सहज भएको एनआईसी बैंक बयलबास शाखाका प्रबन्धक मनिष प्रताप साहले बताए ।

      प्रमुख भएको नाताले जनताको समस्याको समाधान गर्ने दायित्व आफ्नो पनि रहेकोले जनताहरुले झेल्दै आएको समस्या र  गुणासो अनुसार नै समस्या समाधान गर्न एनआईसी एसिया बैंकबाट भत्ता वितरण गर्न शुरु गरेको  गापा अध्यक्ष महतोले भएको बताउनुभयो ।

      चन्द्रनगर गाउँपालिकाको वडा न-४ बाट वितरण गर्न सुरु गरिएको सामाजिक सुरक्षा भत्ता पालिका अन्तर्गतका  ७ वटै वडामा वितरण गरिने   चन्द्रनगर गापाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिए।




No comments:

Post a Comment