Saturday, November 12, 2022

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि सिपमुलक तालिम मलंगवामा सुरु


यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागि सिपमुलक तालिम मलंगवामा सुरु

लोकतन्त्र समाचारदाता----

सर्लाही,कात्तिक २६

    अमेरिकी दुतावास युवा परिषदको आयोजना तथा अमेरिकी दुतावास We inspire Nepal को सहयोगमा अवसर परियोजना अन्तर्गत सर्लाहीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको स्वरोजगारका लागि विभिन्न सिपमुलक तालिम मलंगवामा सुरु भएको छ।उक्त तलिमको सनिवार मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहाले उद्घाटन गर्नुभएको हो।

    तालिममा सहभागी जिल्लाभरीका ४८ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुको आय आर्जनको श्रोत सिर्जना गरि उद्यमी बनाउन ब्युटी पार्लर,चुरा लहठी ,अगरबत्ती बनाउने र कम्पियुटर तालिम प्रदान गरिने पहिचान नेपाल जिल्ला कार्यक्रम संयोजक अब्दुल सहमदले जानकारी दिए।

   बिशिस्ठ अतिथि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा प्रहरी उपरीक्षक प्रविण पोखरेल,मानवअधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान,एनजीओ फेडरेशनका केन्द्रीय सदस्य लक्ष्मी सिंह लगायतका अतिथिहरुको उपस्थित रहेको उद्घाटन कार्यक्रममा पहिचान नेपालका संयोजक सहमदले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई नागरिकता लिन निकैनै समस्याको सामना गर्नुपरेको गुनासो गरेका थिए।प्रजिअ गौतमले नागरिकताको विषयमा हुने समस्या माथि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका थिए।

    यसैगरी प्रहरी उपरीक्षक पोखरेलले पनि यस्ता समुदाय माथि हुने मानवअधिकारका घटनाहरु हुन नदिन प्रहरीको सदेव साथ रहने बताए ।कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका ब्यक्तिहरुले पनि यस्ता समुदायका ब्यक्तिहरुलाई आआफ्नो तरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    कार्यक्रममा आयोजक संस्थाको तर्फबाट गुन्जन झा,सोनिका महत,भावना लाम्गदे र रुपसी पराजुलीको समेत उपस्थिति रहेको थियो।

    

No comments:

Post a Comment