Sunday, November 13, 2022

मानव बेचबिखन, मानव तस्करी तथा महिला र बालबालिका माथि हुन सक्ने सबै खाले हिंसाहरु अन्त्य गर्न माइती नेपाल द्वारा नेपाल प्रहरी सशस्त्र तथा प्रहरीहरु बिच समन्वयात्मक बैठकको आयोजना



मानव बेचबिखन, मानव तस्करी तथा  महिला र बालबालिका माथि हुन सक्ने सबै खाले हिंसाहरु अन्त्य गर्न माइती नेपाल द्वारा नेपाल प्रहरी सशस्त्र तथा प्रहरीहरु बिच समन्वयात्मक बैठकको आयोजना

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक २७

    मानव बेचबिखन, मानव तस्करी तथा  महिला र बालबालिका माथि हुन सक्ने सबै खाले हिंसाहरु अन्त्य गर्नको लागि माइती नेपाल सर्लाहीले आइतवार सदरमुकाम मलंगवामा नेपाल प्रहरी सशस्त्र प्रहरी सँग समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

    मलंगवा नगरपालिका वडा न-८ स्थित बिरबलको खिचडी होटलमा सम्पन्न भएको कार्यक्रममा माइती नेपाल बाट हालसम्म यस आर्थिक बर्षमा भएको उपलब्धिहरुको बारेमा छलफल गरिनुका साथै आर्थिक विपन्नता, अशिक्षा,बेरोजगारी, बसाई सराई ,बढी नाफाको व्यापार , भारत सँगको खुला सिमाना, विश्वव्यापीकरण , छिटो पैसा कमाउने माध्यम, अवैध बैदेशिक रोजगार,चेतनाको कमी, अपराधिको न्युन पहिचान तथा कारबाही, परिवार विखण्डन, जातिय र धार्मिक सिमान्तिकरण, महिलाको घरभित्रको स्थिति ,बाधा, श्रमको परम्परागत प्रयोग , कम उमेरमा तथा जबर्जस्ती  विवाहका कारण हुने सम्बन्ध विच्छेद तथा मानव बेचबिखनको अवस्थाको र त्यसको न्युनिकरणको लागि अपनाउनु पर्ने नितिहरुको बारेमा छलफल गरिएको थियो ।सोही कार्यक्रम मार्फत मानव बेचविखन तथा ओसारपसारमा स्थानीय दलाल, परिवारका सदस्य तथा नातेदार ,अन्य देशका दलाल , वेश्यावृतिमा संलग्न स्थानीय व्यक्ति, कलकारखानामा कार्यरत व्यक्ति, साथी संगती, वेश्यालय संचालक र त्यसमा कार्यरत व्यक्तिहरु र मानब अंगको कारोबारीहरु

बेच बिखनमा संलग्न हुने गरेको पाइएकोले त्यस्ता व्यक्तिहरुको विरुद्धमा नजिकको प्रहरी कार्यालयमा  उजुरी दिएर कानुनी दायरामा ल्याउन  अनुरोध गरिएको थियो।माइती नेपालले लिएको  दिगो विकास लक्ष्य अनुसार सन् २०१६ देखि सन्  २०३० सम्ममा मानव बेचबिखन र यौन लगायत अन्य शोषण सहित सार्वजनिक र निजी क्षेत्रमा महिला, बालिका र किशोरीमाथि हुने सबै खाले  हिंसाको अन्त्य गर्ने लक्ष्य रहेकोले त्यसकोलागि नेपाल प्रहरी र माइती नेपाल लगायत अन्य संघ सस्थाहरुलाई सहयोग गर्न अनुरोध गर्ने बिषयमा पनि छलफल गरिएको थियो ।

    नेपालमा मानव बेचबिखन बिरुद्ध ऐन, नियमावली,  मापदण्ड तथा निर्देशीकाहरु जारी भएता पनि  जनमानसको आचरण र व्यबाहारमा सुधार आए मात्र मानव बेचबिखन निर्मुल हुन सक्ने भएकोले आचरण र व्यबाहारमा सुधार कसरी ल्याउन सकिन्छ भन्ने विषयमा पनि कार्यक्रममा छलफल गरिएको थियो ।शहरमा केही रेस्टुरेन्ट, खाजा घर, डान्सवार, मसाज, पार्लर तथा  गेस्टहाउसहरुमा बालबालिका तथा महिलाहरुको आन्तरिक रुपमा श्रम तथा यौन शोषणका समस्या दिनहु रुपमा बढ्दो अवस्थामा रहेकोले ती स्थानहरुमा बेचबिखन, यौन शोषण र दुर्ववहारका घटनाहरु नियन्त्रण गर्न नेपाल प्रहरी सदैब तल्लीन रहकोले व्यापार व्यवसायी र यातायातकर्मीहरुलाई आआफ्नो व्यवसायको तर्फवाट मानव बेचबिखन नियन्त्रण गर्न सहयोग गरिदिन अपिल गरिएको थियो।

     महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक पुजा मिश्रको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरीको तर्फबाट प्रहरी सहायक निरीक्षक श्याम कुमार सिंह, सशस्त्र प्रहरी बलको तर्फबाट  दिनेश कुमार शाहको बिशिष्ट अतिथ्यताको साथै ३४ जना प्रहरीको सकृय सहभागितामा सम्पन्न भएको कार्यक्रमको संचालन माइती नेपाल आवधिक गृहका परियोजना संयोजक अमित कुमार यादवले गरेका थिए भने स्वगत मन्तव्य संस्थाकी परामर्शकर्ता  संगिता नेपालीले राखेका थिए।  

   उक्त कार्यक्रममा बर्तमान अवस्थामा मानव बेचबिखनको अवस्था भावी भाविरणनिति र मानव बेचबिखन रोकथाममा देखा परेका गम्भीर चुनौतिहरु, आन्तरिक बेचबिखनको अवस्था तथा मानव बचबिखन सम्बन्धि  सजायको व्यवस्था बारे संस्थाका अनुगमन तथा मुल्याङ्कन अधिकृत  रबिन्द्र सापकोटाले गरेका थिए।

    विगत ३० वर्ष देखि महिला तथा बालबालिकाहरुको हक र अधिकार स्थापनाको लागि क्रियाशिल रहँदै आएको माइती नेपालले देशको विभिन्न सिमानाहरुमा १७ वटा सीमा निगरानी तथा आवधिक गृह, २ वटा पुर्नस्थापना गृह, ३ वटा रोकथाम गृह, १ वटा बाल संरक्षण गृह, २ वटा अस्पताल र १ वटा प्राथमिक उपचार केन्द्रहरुको  स्थापना तथा सञ्चालन गरेर देशैभरका २१ वटा जिल्लाहरुमा प्रत्यक्ष रुपमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको आफ्नो अभियानलाई सशक्त बनाउदै आईरहेको अनुगमन तथा मुल्याङ्कन अधिकृत सापकोटाले जनाएको छ।

No comments:

Post a Comment