Tuesday, November 1, 2022

सर्लाहीको क्षेत्र न-२ मा गठबन्धनको पक्षमा जनलहर, निर्वाचन जित्ने दाबी

 



सर्लाहीको क्षेत्र न-२ मा गठबन्धनको पक्षमा जनलहर, निर्वाचन जित्ने दाबी

लोकतन्त्र समाचारदाता---

सर्लाही,कात्तिक १५

     सर्लाहीको संसदीय निर्वाचन क्षेत्र न-२ अन्तर्गत सदरमुकाम मलंगवा नगरपालिका स्थित वडा न-१ भेडियाही र वडा न-२ मा गठबन्धनका साझा उमेदवारद्वय महेन्द्र राय यादव र कौशल किशोर रायको घरदैलो कार्यक्रममा ठुलो जमलहर देखिएको छ।

     सर्लाही जिल्ला संसदीय निर्वाचन क्षेत्र न-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्र राय यादव र क्षेत्र न-२(ख) का प्रदेश सभा सदस्य उमेदवार कौशल किशोर रायको मंगलबार आयोजना भएको घर  दैलो कार्यक्रममा ठुलो जनसहभागिता देखिएको थियो।

घरदैलो कार्यक्रमकोमा

सहभागी कार्यकर्ता तथा  समर्थकहरु उमेदवारद्वय यादव र रायलाई स्थानीय  मतदाताहरुको घरघरमा पुर्याएर सघाएका थिए।प्रचारप्रसारमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । विशाल जनसहभागिता देखेर  उम्मेदवारहरु उत्साहित देखिन्थे।उहाँहरु आम जनताहरुको गठबन्धन प्रतिको झुकाव लाई देखेेर निर्वाचन जित्नेमा ढुक्क देखिन्थे।घरदैलोमा जनताको उत्साहजनक उपस्थिति नै को जीतको मुख्य आधार भएको गठबन्धनसँग आबद्ध दलका नेताहरुले बताए । हाम्रो गठबन्धनलाई जिताउनु नै जनताको चाहना भएको उनीहरूले बताए । गठबन्धनको सरकारले  नै विकास गर्छ भन्ने कुरा जनताले बुझेकाले हाम्रो जीत सुनिश्चित रहेको नेपाली काँग्रेसको रुख चुनाव चिन्ह लिएर चुनाव लडेका प्रदेश सभा सदस्य उमेदवार रायले दाबी गरे।

     क्षेत्र न-२ मा हामीले  जित्ने सुनिश्चित छ, घरदैलोमा जनताको बाक्लो उपस्थिति भइरहेको छ, घरदैलोमा पुग्दा मतदाताबाट आफुहरुलाई नै जिताउने आश्वासन आइरहेको रायले बताए ।

No comments:

Post a Comment