Friday, November 25, 2022

"सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ सर्लाहीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

 

"सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ सर्लाहीमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मनोज यादव---

सर्लाही,मंसिर ९

     "सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने मूल नाराका साथ ३१ औं अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान  सर्लाही सहित देशैभरी सूरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख अर्थात मंसिर ९ देखि मंसिर २४ गतेसम्म  विभिन्न सचेतना मुलक  कार्यक्रमहरु गरि योअभियान मनाउने गरिन्छ ।

    यसै क्रममा शुक्रवार पहिलो दिन सर्लाही सदरमुकाम मलंगवामा, मलंगवा नगरपालिकाको आयोजना तथा यस क्षेत्रमा क्रियाशील रहेका  ओरेक नेपाल,प्रेरणा,भिएसओ नेपाल ,VCDC,माइती नेपाल ,लाईफ नेपाल ,आर.आर.पि.के,पहिचान,इन्सेक लगायतका  सामाजिक संघसंस्थाहरुको सहयोगमा सचेतनामूलक र्याली तथा कोणसभा गरिएको छ।मलंगवा नपा वडा न-२ स्थित पब्लिक मावि(झण्डा बजार)बाट  लैंगिक हिंसा विरुद्धको विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकेर निकालिएको र्याली नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै वडा न-८ स्थित बालमन्दिरको प्रांगणमा पुगेर कोण सभामा परिणत भएको थियो।

    यस वर्षको १६ दिने अभियानको मुख्य उदेश्य सभ्य समाजको पहिचानको लागि  बलात्कार र लैंगिक हिंसा विरुद्ध सामाजिक दायित्व र सचेतना अभिवृद्धि गरि हरेक घर र सार्वजनिक स्थलहरु सबैका लागि सुरक्षित ,अपनत्व र सम्मानित हुने वातावरण निर्माण गरि बलात्कार र लैंगिक हिंसा नहुने वातावरण निर्माण गर्न अपराध बिरुद्ध समाज र कानुनले शून्य सहनशीलताको नीति अवलम्बन गरि प्रभावितको आत्म सम्मान सहितको न्यायको अधिकार सुनिश्चितताको आधार तयार गरि पैरवी गर्नु रहेको  प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले स्वागत मन्तव्यको दिने क्रममा बताउनुभयो ।

   महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैंगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रमहरु गरी अभियानको रुपमा मनाउने गरिएको कोणसभा कार्यक्रमकी संचालिका ओरेक नेपालकी दिवानी घिमिरेले बताइन् । १६ दिने अभिभानको अवधिमा दोस्रो दिन देखि क्रमश: महिला अधिकार रक्षक दिवसमा सुरक्षा मान्यता र पहिचान विषयक अन्तरक्रिया,विश्व एड्स दिवसमा र्याली,दासता उन्मुलन दिवसमा सामुदायिक स्तरमा छलफल ,विश्व अपाङ्गता दिवसमा अन्तरक्रिया,अन्तराष्ट्रिय स्वयंसेवक दिवसमा किशोरीहरुको लागि अतिरिक्त क्रियाकलाप तथा महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरक्रिया तथा सम्मान ,सहिदको नाममा दिप प्रज्वलन,अन्तराष्ट्रिय मानवअधिकार दिवसमा रक्तदान,मानवअधिकार रक्षकहरुलाई सम्मान,फोटो प्रदर्शनी तथा मानवअधिकारको विषयमा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिने धिमिरेले जानकारी दिए।

    यसै क्रममा अभियानको सुभारम्भ गर्दै  बेलुका मलंगवा नपा-२ स्थित झण्डा बजारमा दिप प्रज्वलन समेत गरिएको छ।


     र्याली पछि बालमन्दिको प्रांगणमा आयोजना भएको कोणसभा कार्यक्रममा नगर प्रमुख नागेन्द्र प्रसाद यादव,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,प्रहरी उपरीक्षक प्रविण पोखरेल,मनपा का प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम ,मलंगवा नपा वडा न-२ का वडाध्यक्ष धिरेन्द्र साह,स्वास्थ्य शाखाका सलिम मिकरानी,मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र,मनपा का शाखा अधिकृत नगिना राय लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा छात्राहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा नगर प्रमुख यादवले १६ दिने अभियानको सुभारम्भ भएको घोषणा गर्दै अभियानको क्रममा आफ्नो र पालिकाको भरपुर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    

No comments:

Post a Comment