Sunday, November 13, 2022

विकासको अनुभुति गर्न नपाएका सर्लाही निर्वाचन क्षेत्र न-२(क) का जनताहरु परिवर्तन र विकासको लागि महतोलाई साइकल छाप र रायलाई गाछी छापमा मोहर लगाउन आतुर

 विकासको अनुभुति गर्न नपाएका सर्लाही निर्वाचन क्षेत्र न-२(क) का जनताहरु परिवर्तन र विकासको लागि  महतोलाई साइकल छाप र रायलाई गाछी छापमा मोहर लगाउन आतुर 



मनोज यादव----

सर्लाही,कात्तिक २७

     लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको निर्वाचन क्षेत्र न-२(क)हरिपुर्वा नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा सम्पन्न भएको नागरिक भेटघाट तथा घरदैलो कार्यक्रममा स्थानीयबासीहरुको ठुलो भिड लागेको छ। 

   शुक्रवार र सनिवार नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उमेदवार जंगिलाल राय सँग संयुक्तरूपमा नागरिक भेटघाट तथा घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो।उहाँहरुले आयोजना गरेको घरदैलो कार्यक्रमको रिपोर्टिङ गर्न पुग्दा त्यस क्षेत्रका जनताहरु यसअघि आफुहरुले नै २ पटकसम्म चुनाव जिताएर पठाएका नेताले जनताहरु सँग बाचा गरे अनुसारको विकासको एउटा पनि काम नगरेको गुनासो गरेका थिए। उनको पालामा शिक्षा र स्वास्थ्यको सुधार,भौतिक पुर्वाधारहरुको निर्माण,हुलाकी सडकको निर्माण तथा कृषि र सिंचाइ लगायतका कामहरु मध्ये एउटा पनि काम नभएको स्थानीयहरुले बताएका थिए।

     यसअघिका चुनावमा जिताएर पठाएको नेता कयौंपटक मन्त्री बन्दा समेत विकासका कामहरु नगरेकोले यसपटक  आफुहरु गठबन्धनका साझा उमेदवारद्वय प्रतिनिधि सभा सदस्यको लागि राजेन्द्र महतो(साइकल छाप)र प्रदेश सभाको लागि जंगिलाल राय(गाछी छाप)लाई मतदान गरेर अत्याधिक मतले विजय गराउने निश्चय गरिसकेको सो क्षेत्रका स्थानीय जनताहरुले बताएका छन् ।             निर्वाचन क्षेत्र न-२ का जनताहरु साइकल छाप र गाछी छापमा मोहर लगाउन आतुर रहेको हरिपुर्वा निवासी बिलट रायले बताएका छन् ।

No comments:

Post a Comment