Friday, November 4, 2022

जनताको मान, स्वभिमान, अधिकार र क्षेत्र न-२(ख)को विकासका लागि आफु चुनाव लडेको प्रदेश सभा सदस्य उमेदवार मेथुर चौधरीको भनाई

  जनताको मान, स्वभिमान, अधिकार र  क्षेत्र न-२(ख)को विकासका लागि आफु चुनाव लडेको प्रदेश सभा सदस्य उमेदवार मेथुर चौधरीको भनाई

 

---लोकतान्त्रिक गठबन्धनका साझा  उमेदवार चौधरी जनताको मत माग्दै घरदैलोमा--


मनोज यादव---

सर्लाही, कात्तिक १८

    प्रदेश सभा सदस्य पदको लागि   चुनाव चिन्ह साइकल छाप लिएर लोकतान्त्रिक गठबन्धनका साझा उमेदवार मेथुर चौधरी सर्लाही क्षेत्र न-२(ख)का जनताहरु सँग मत माग्दै घर आँगनमा पुगिरहनु भएको छ।

     सोही क्रममा शुक्रवार उहाँ प्रतिनिधि सभा पदका उम्मेदवार एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको साथमा मलंगवा नगरपालिका वडा न-७ मुसैलीमा घरदैलो कार्यक्रम गरेका छन् । साझा उमेदवारद्वय महतो र चौधरी शुक्रवार मुसैली गाउँका स्थानीय जनताहरुको घर-घरमा पुगेर आफ्नो लागि मत मागेका थिए।

     मत माग्ने क्रममा नेता चौधरीले क्षेत्र न-२ मा जनताको अपेक्षा अनुसार कुनै विकासको कार्य नभएकाले आफु निर्वाचित भएपछि जनचाहना अनुरुप काम गर्ने  प्रतिवद्धता जनाएका थिए ।जनताको मान, स्वभिमान, अधिकार र  क्षेत्र न-२(ख)को विकासका लागि आफु चुनाव लडेकोले अत्याधिक मतले विजयी गराउन नेता चौधरीले मतदाताहरु सँग अनुरोध गरेका छन् । 

   घरदैलो कार्यक्रममा  कार्यकर्ता तथा आम जनताहरुको उत्साहजनक  सहभागी भएको थियो ।







No comments:

Post a Comment