१ सय ४९ जना तेस्रो लिंगीहरुलाई राहत वितरण
लोकतन्त्र समाचारदाता---
सर्लाही,कात्तिक २०
ब्लु डायमण्ड सोसाइटी अन्तर्गत रहेको पहिचान नेपाल नामक संस्थाले १४९ जना तेस्रो लिंगीहरुलाई खाद्य सामाग्री वितरण गरेको छ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित रहेको पहिचान नेपाल संस्थाले सर्लाही जिल्लामा रहेका यौनिक तथा आलपसंखक विपन्न जोखिम समुदायका तेस्रो लिंगीहरुलाई राहत स्वरूप खाद्यान्न सामाग्री वितरण गरेको अब्दुल सहमदले जनाएको छ।
सेभ द चिल्ड्रेन य.एस तथा ग्लोबल फण्डको सहयोगमा संचालित CRM-19 Project अन्तर्गत राहत सामाग्री वितरण गरिएको सहमदले बताएको छ।
No comments:
Post a Comment