Thursday, November 17, 2022

यसपालि नेताहरुको आश्वासन र देखाउने झुठा सपनाको पछाडी नलागेर आफ्नै बुद्धि विवेकले मतदान गर्छौ: मधेसी जनता

 

 यसपालि नेताहरुको आश्वासन र देखाउने झुठा सपनाको पछाडी नलागेर आफ्नै बुद्धि विवेकले मतदान गर्छौ: मधेसी जनता 



मनोज यादव---

सर्लाही,मंसिर १

     विभिन्न राजनीतीक दलका उम्मेद्वारहरुले दैनिक गाउँ गाउँमा घरदैलो,भेला,कार्यकर्ता भेटघाट लगायतका  चुनावी कार्यक्रमहरु गरी  आम मतदातालाई आफ्नो पक्षमा मतदान गराउन कम्मर कसेर लागिपरेको देखीन्छन् तर मतदाताहरु भने चुनाव तर्फ खासै चासो देखाएका छैनन् ।

   नेताहरुको चुनाव जितेर गएपछि दोहोरिएर जिल्ला तथा क्षेत्रमा नफर्कने प्रवृत्तिका कारण यसपालि सर्लाहीका मतदाताहरु चुनाव प्रति चासो नदेखाएका हुन। दल तथा उम्मेदवारहरुको चालचनबाट असन्तुष्ट भएका आम जनताहरु  मतदान गर्ने दिन नजिक आइसक्दा पनि  उत्साहित देखिएका छैनन् । सबै भन्दा बढि गाँउघर तिरका मतदाताहरु असन्तुष्ट देखिन्छन् ।  चुनावका बेला नेताहरु  विकास सम्बन्धि भाषण गरेपनि चुनाव जितेर गइसकेपछि पुनः पुरानै पारा देखाउने गरेकाले अब उनीहरू प्रति हाम्रो विश्वास उठिसकेको ग्रामीण भेगका आम मतदाताहरुले बताउछन् ।

    प्रत्येक चुनावमा नेताहरु भोट माग्ने बेला विकास निर्माणका ठूलठूला योजना ल्याएर गाउँको कायापलट नै गरिदिने आश्वासन दिएर चुनाव जितेर गएपछि अर्को चुनाव नआउन्जेल सम्म  आफ्नो अनुहार देखाउन समेत आउँदैनन्- मतदाताहरु बताउँछन् ।

      प्रत्येक चुनावमा उमेदवारहरुको बेरोजगार युवालाई रोजगार , शिक्षा , स्वास्थ्य ,गाउँगाउँमा  सडक लगायतको सुविधा उपलब्ध गराउने , गाउँगाउँमा विकासको लहर ल्याउने जस्ता रेडिमेड नाराहरु हुन्छन। तर सो अनुसार काम भने हुँदैन ।त्यस्ता नाराहरु नारामै  सिमित हुने गरेको आम जनराहरुको गुनासो छ । जिताएर पठाएका नेताहरु विकास गर्नुको साटो आफ्नो र आफ्नो परिवारकै विकासमा लाग्ने गरेको उनीहरुको दुखेसो छ ।

    उम्मेदवारहरु फेरी पनि विकासको सपना र आश्वासनहरु लिएर घरदैलोमा पुग्न थालेका छन् । उनी जनताको घरघरमा गएर आफुले  जिते पछि  गाउँ गाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिचाई,विधालय लगायत सबै बनाइ दिने सपनाहरु बाँड्दै घुमि रहेका छन् ।उमेदवारहरुको साथमा कार्यकर्ता र दारु मासु र पैसाको लोभमा जम्मा पारिएका मानिसहरुको लावालस्कर पनि पार्टीको  झण्डा फहराउँदै जिन्दावादको नारा लगाउँदै घुमिरहेका छन् ।

    तर आम मतदाताहरु भने अब आफुहरु नेता र उम्मेदवारहरुको आश्वासन र प्रलोभनमा नपर्ने।बताएका छन् ।मतदान गर्ने बेला बुद्धि विवेकको प्रयोग गरेर मात्र स्वस्तिक छाप लगाउने बताएका छन् ।



No comments:

Post a Comment