Thursday, November 3, 2022

भौतिक ,आर्थिक, सामाजिक र मानवीय विकासलाई अगाडी बढाउन रुख चिन्हमा मतदान गर्न लोकतान्त्रिक गठबन्धनका शाझा उमेदवार जंगिलाल रायको सर्लाही क्षेत्र न-२(क)को जनतासँग आग्रह

 भौतिक ,आर्थिक, सामाजिक र मानवीय विकासलाई अगाडी बढाउन रुख चिन्हमा मतदान गर्न लोकतान्त्रिक गठबन्धनका शाझा उमेदवार जंगिलाल रायको सर्लाही क्षेत्र न-२(क)को जनतासँग आग्रह 



मनोज यादव---

सर्लाही,कात्तिक १७

    नेपाली काँग्रेसको तर्फबाट सर्लाहीको निर्वाचन क्षेत्र न-२(क) बाट रुख छाप चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका लोकतान्त्रिक गठबन्धनका शाझा उमेदवार पुर्व सांसद जंगीलाल रायले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएको  छ। 

    उनी अहिले संसदीय निर्वाचन क्षेत्र न-२ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको साथमा सो क्षेत्रका विभिन्न वडाका टोलटोलमा गएर प्रत्येक्ष रुपमा जनताहरु सँग भेट गरि मत मागिरहेको पार्टीको प्रचारप्रसार विभागले जानकारी दिएको छ।

    उमेदवार राय जनताको घरदैलोमा गई आफ्नो क्षेत्रमा भौतिक ,आर्थिक, सामाजिक र मानवीय विकासलाई अगाडी बढाउने वाचा गर्दै जनतासँग मत मागिरहेको प्रचारप्रसार विभागले बताएको छ। हामी सर्लाही जिल्लालाई समृद्ध  बनाउने अभियानमा लागेका छौं, सोही पवित्र अभियानलाई पूरा गर्न आफु चुनाव लडेको रायले बताएका छन्।

   जनतालाई आर्थिक रुपमा मजबुत बनाउने र सबै हिसाबमा सर्लाहीको क्षेत्र न-२(क) लाई जिल्लामा मात्र नभइ मधेश प्रदेशकै  नमुना  बनाउन चुनाव चिन्ह रुख(गाछी) छापमा  मतदान गरेर विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको रायले बताउनुभयो ।







No comments:

Post a Comment