महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा महिला समूहद्वारा जनचेतनामूलक र्यालीको आयोजना
महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा महिला समूहद्वारा जनचेतनामूलक र्यालीको आयोजना
लोकतन्त्र समाचारदाता---
सर्लाही,मंसिर १०
सभ्य समाजको पहिचान,लैंगिक हिंसा विरुद्धको अभियान" भन्ने नाराका साथ सर्लाहीमा यसवर्षको लैंगिक महिला विरुद्धको १६ दिने अभियान मनाइँदै छ।सोही अभियानको क्रममा यु.एन ओम्यानको आर्थिक सहयोग, ल्याक ,भि.सि.डि.सी र डि.डब्लु.आर.एफ को आयोजना र महिला समूहहरुको सहकार्यमा जिल्लाको चन्द्रनगर,ब्रम्हपुरी,हरिपुर्वा,बागमती र बरहथवामा सम्बन्धित पालिकामा रहेका महिला दिदीबहिनीहरुको समूले जनचेतनामूलक र्याली निकालेका छन् ।
बरहथवामा छोरी समूह ,बागमतीमा दिदीबहिनी साना किसान कृषि समूह ,ब्रह्मपुरीमा कारिकबाबा महिला समूह,चन्द्रनगरमा कलावती माई महिला समूह ,पर्सामा बिहुला सती महिला समूह र हरिपुर्वामा दिव्यज्योती महिला विकास समितिले आआफ्नो पालिकामा र्याली निकालेका हुन्।
अभियानको पहिलो दिन ६ वटै पालिकाहरुमा एकैसाथ निकालिएको र्यालीमा समूका सदस्य सहित स्थानीय महिलाहरुको उल्लेखनीय सहभागीता रहेको महिला अधिकारकर्मी लक्ष्मी सिंहले जनाएको छ।
No comments:
Post a Comment