Monday, November 14, 2022

स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा भन्छन् ,मेराे एजेन्डा जनतासँग मिल्छ;त्यसकारण चुनाव जित्छु

 


स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा भन्छन् ,मेराे एजेन्डा जनतासँग मिल्छ;त्यसकारण चुनाव जित्छु



लोकतन्त्र समाचारदाता---

सर्लाही ,कार्तिक -२८

    सर्लाही क्षेत्र नं.१ का स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटाले अफुले चुनाव जित्ने दाबी गरेका छन् ।

उनको एजेन्डा  प्रदेश संरचना खारेज गर्ने र हिन्दु राष्ट्र कायम गराउनेसहितको छ ।सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको लागि स्वतन्त्र उमेदवार बनेका सापकोटाले दलहरुले जिते देशलाई हित नगर्ने दाबी गर्दै जनताले आफूलाई विजयी बनाउने दाबी गरेका छन् ।

उनी सूर्यमुखि फुलको बोट चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

आफू क्षेत्र वासीकाे घरदैलोमा पुग्दै गर्दा  जनताका भावना आफुले उठाएको एजेन्डासंग मेल खाएकाले पनि  जनता आफैंलाई अनुमाेदन गर्नेमा उनी बिस्वस्त छन् ।  

´क्षेत्र नं.१ का  जनताले भ्रष्टाचार, लुटतन्त्रको अन्त्य गर्न र देश बेचिनबाट जोगाउन पनि मलाई नै भोट दिन्छन् भन्छन् भन्नेमा म बिस्वस्त छु` सापकोटाले चियाेचर्चाे खबरसँग भने  । दलहरुको पटक पटकको परिक्षा भइसकेको छ,´उनीहरूले हिजोको जस्तै भाेली पनि माखाे मार्दैन्न`त्यसैले मेरो क्षेत्र वासी मतदातामा अपिल छ,´ यसपटक मलाई जिताएर हेर्नुस् ।

आफू नक्कली स्वतन्त्र नभएको र आफ्नो दुःखले आर्जेको सम्पति खर्च गरेरै चुनाव लडिरहेको उनलेे बताए  । आफुले जिते जनताको निस्वार्थ सेवा पाउने उनको भनाइ छ ।

उनले आफ्नो कोही प्रतिष्पर्धी नै नभएकोले सजिलै चुनाव जित्ने दाबी गरे । ‘हुन त मेरो कोही प्रतिष्पर्धी नै छैनन् तर पनि गबन्धनसँग नै कडा प्रतिष्पर्धा हुन सक्छ । तर पनि चुनाव भने मैले नै जित्नेछु ।’, सापकोटाले भने,‘नेपाल आमाको पुकार सुन्नु नै यस क्षेत्रका जनताको कर्तव्य हुनेछ । मैले नेपाल आमालाई बचाउने कसम खाएर चुनावमा होमिएको छु ।’

मंसीर ४ गते हुने चुनावमा सर्लाही क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी, एमाले जसपा गठबन्धनबाट जसपाका प्रमोद साह चुनावी मैदानमा छन् । त्यस्तै एमालेबाट बागी उमेदवारको रुपमा लालबन्दी नगरपालिकाका पूर्व मेयर मान बहादुर खड्का पनि चुनावी मैदानमा छन् ।

No comments:

Post a Comment