Monday, November 28, 2022

मलंगवामा रामजानकीको डोलासहितको जुलुस निकाली विवाह पञ्चमी हर्षोल्लास साथ मनाइयो

 मलंगवामा रामजानकीको डोलासहितको जुलुस निकाली विवाह पञ्चमी हर्षोल्लास साथ मनाइयो



लोकतन्त्र समाचारदाता---

सर्लाही,मंसिर १२

      देशभर सहित सर्लाहीको सदरमुकाम मलंगवामा पनि विवाह पञ्चमी हर्षोल्लासका साथ मनाइएको छ।यस अवसरमा मलंगवा नगरपालिकाको वडा न-८ श्री राम मन्दिर अगाडीबाट रामजानकीको डोला सहितको विशाल जुलुस निकाली नगरको परक्रमा गरिएको छ।

    त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह भएको सम्झनामा मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइएको छ ।  त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान राम र सिताको विवाह भएको मान्यताकाको आधारमा उत्सव मनाउने गरिएको हो ।  जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।मलंगवामा पनि प्रत्येक वर्ष रामजानकीको डोला निकालेर नगरको परिक्रमा गरिने गरिएको हिन्दु परिषदका पदाधिकारी धिरेन्द्र मिश्रले बताउनु भयो।

   त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीनटुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ ।


No comments:

Post a Comment