Monday, August 8, 2022

तलब नपाएको भन्दै शिक्षिकाहरु द्वारा विद्यालयमा तालाबन्दी




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन २३

     विगत चार महिनादेखि तलब नपाएको भन्दै हरिवन नगरपालिका स्थित एक प्राथमिक विद्यालयका दुईजना शिक्षिकाहरुले विद्यालयमा तालाबन्दी गरेका छन् ।

   स्वयंसेवक शिक्षिकाको रुपमा कार्य गर्दै आएका हरिवन नगरपालिका वडा न- १ भोक्टेनी  स्थित प्राथमिक  विद्यालयका शिक्षिकाहरु सृजना रमौली र फुलतारण देवी महतोले विद्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन।

    उक्त विद्यालयमा कार्यरत एकजना  स्थायी शिक्षक रिटायर्ड भएपछि विद्यालय व्यवस्थापन समितिको निर्णयमा गएको १ वर्ष भन्दाबढी समयदेखि एकजनाको तलब शिक्षिकाद्बय रमौली र महतोसँगै संतोष महतो नामको शिक्षकले खाँदै आएका थिए।

    केही महिनासम्म तिनैजना मिलेर तलब खाँदै आएका थियौं । तर गएको चैत महिनादेखि आफुहरुको भागको तलब पनि संतोषले एक्लै खान थालेको र आफनो भागको तलब माग्न जाँदा संतोषले आजभोली भन्दै बारम्बार टाल्न थालेपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गरेको पिडित शिक्षिकाहरुले बताएका छन् ।

    यस विषयमा बडाअध्यक्षलाई पनि पटकपटक जानकारी गराउँदा उहाँले वडा कार्यालयबाट तलब उपलब्ध गराउने आश्वासन दिएको तर हालसम्म पूरा नभएको उनीहरूले गुनासो गरेका छन् ।

   आइतवारदेखि तालाबन्दी गरिएको विद्यालयको ताल्चा पाउनुपर्ने सम्पूर्ण तलब  नपाएसम्म नखोल्ने पिडित शिक्षिकाहरुले बताएका छन।

No comments:

Post a Comment